ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरी भाका सार्यो एयर एसियाले 


admin
२७ पुस २०७४, बिहिबार   ४ : १६   बजे

काठमाडौं, २७ पुस । इन्सेन्टिभ गु्रपले त्रिभुवन बिमानस्थललाई तिर्नुपर्ने बक्यौता रकमको भाका पुन २ महिना पर सारेको छ । मलेसियन वायुसेवा कम्पनी एयर एसिया एक्सको नेपालका लागि आधिकारिक टिकेटिङ कम्पनी रहेको इन्सेन्टिभ ग्रुपले विमास्थललाई तिर्नुपर्ने बक्यौता रकम २३ करोड तिर्न पाएको गत पुस २३ गते (जनवरी ७ तारिख) आईतबारसम्मको अन्तिम म्याद सारेर फागुन १६ गते (फेबु्रअरी २८) पुर्याएको छ ।

त्रिभुवन विमानस्थल प्रशासनले गत पुस २३ गतेको म्याद अन्तिम अल्मिेटम भन्दै बक्यौता नतिरे २४ गते सोमबारदेखि उडान बन्द गर्ने चेतावनी दिए पनि एयरलाइन्सले फेरि म्याद सारेको छ ।

एयरलाइन्सका नेपाली एजेन्ट रहेका इन्सेन्टिभ गु्रपका सञ्चालक हरिभान लामाले नेपाल सरकारका विभिन्न निकायलाई तिर्ने शुल्क बिगत ३ वर्षदेखि नतिर्दा विमानस्थलले पाउनेपर्ने २३ करोड रकम रोकिएको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार ग्रुपले अहिलेसम्म ३ करोड ५० लाख रुपैयाँ मात्रै तिरेको छ । अबको दिएको अन्तिम म्यादमा समेत रकम तिर्न नसके आवश्यक कारबाही गर्ने प्रशासनले जनाएको छ ।

विमानस्थल कार्यालयकाअनुसार एयरलाइन्सले विमानस्थललाई तिर्नुपर्ने बिसान शुल्क (ल्याण्डिङ चार्ज), सञ्चार तथा उड्डयन सहायक सेवा (एयर नेभिगेसन), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतको शुल्क तिर्न बाँकी रहेको छ । त्यस्तै इन्सेन्टिभ गु्रप अन्तर्गतकै ट्राभल एजेन्सीले पर्यटन सेवा शुल्क बापत यात्रुबाट उठाएको रकमसमेत तिर्न बाँकी छ ।
प्राधिकरणले पुस २३ गते आईतबार विमानस्थललाई तिर्नुपर्ने पुरा २३ करोड नतिरे सोमबारबाटै उडान रोक्ने अन्तिम अल्मिेटम दिए पनि आईतबार अन्तिम समयमा आएर २ करोडको चेक र त्यसपछि डेढ करोड गरी साढे ३ करोड रुपैयाँ मात्रै भुक्तानीमा छाडेको छ ।
लामाको कम्पनीले विमानस्थललाई तिर्नुपर्ने रकमसँगै आफ्नो ट्राभल एजेन्सीले उठाएको नेपाल पर्यटन बोर्डलाई बुझाउनुपर्ने पर्यटक सेवा शुल्क वापतको ७ करोड २३ लाख रकम बाँकी रहेको बताइएको छ ।

एयर एसिया एक्स नेपालमा सन् २०१४ सम्म लगातार सात वर्ष उत्कृष्ट बजेट एयरलाइन्स बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu