ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्रचारप्रसारमा लाग्‍नुहाेस्ः मन्त्री आले


एबीसी / संवाददाता
२५ फाल्गुन २०७८, बुधबार   २ : ५२   बजे

काठमाडौँ, २५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उहाँले लुम्बिनी क्षेत्रको विकासका लागि तत्काल खटिन कोषका पदाधिकारीहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरुको पाँचवर्षे कार्यकाल छ, आफ्नो कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकास गर्नुस् ।” मन्त्री आलेले आउँदै गरेको बुद्ध जयन्तीलाई भव्य तथा सभ्य रुपमा सफल पार्नका लागि एकजुट भएर लाग्न सबै पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो, “बुद्ध जयन्तीका लागि सबै जुटौँ, देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्रचारप्रसारमा लाग्नुस्, मैले गर्नुपर्ने सहयोग म गर्न तयार छु ।” मन्त्री आलेले नवनियुक्त पदाधिकारीलाई शुभकामना तथा बधाई दिनुहुँदै उच्च मनोबलका साथ काम गर्नसमेत पदाधिकारीलाई निर्देशन दिनुभयो । हालसम्म लुम्बिनी विकास कोषअन्तर्गत ८१ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्नका लागि जति लाग्छ, त्यसको लागत स्टिमेट ल्याउन र एकै चोटि काम सम्पन्न गर्ने गरी बहुवर्षीय प्रक्रियाबाट काम अगाडि बढाउने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री आलेले लुम्बिनी क्षेत्रमा हाल भइरहेका कामहरु क्वालिटी योग्य भएको आफूले अनुगमनका क्रममा पाएकाले सोही अनुसार अन्य काम पनि अगाडि बढाउन निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

आर्कटिकमा खतरनाक खेल

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu