काठमाडौँ, २६ फागुन । अमेरिकी लेखक सारा डेभिल्सन ट्रेसीले लेखेको किताब नो लङगर अनटेबल राष्ट्रपति विद्यादेबी भण्डारीले एक समारोहका बिच सार्बजनिक गर्नु भएको छ । बादी समुदायका पाच महिलाहरुको कथा समेटीएको पुस्तकको अंग्रजी प्रकाशन रास्ट्रपती भबन सितल निबासमा आयोजित एक कार्यक्रमका बिच रास्ट्रपती भण्डारीले सार्बजनिक गर्नु भएको हो ।
पुस्तक सार्बजनिक समारोहमा बोल्दै रास्ट्रपती भण्डारीले अब छुबाछुत र मानबलाई बेचबिखनलाई इतिहास बनाउन संसारभरका मानिष एकजुट हुनु पर्ने बताउनु भयो । मानब बेचबिखन संसारकै साझा समस्या भएको छ नेपालमा पनि यो ब्यप्त रहेकाले समस्या समाधान गर्न सरकार र संघ संस्थाले एक साथ काम गर्न पर्ने कुरामा जोड दिनु भयो । पुस्तक सार्बजनिक कार्यक्रमका लागी यसै साता नेपाल आएकी लेखक ट्रेसीले मानब बेचबिखन हिरोइजम र आशा मा आधारीत रहेको किताब बिश्बभर किताब बिक्री गर्ने ऐमजनमा बेस्ट सेलिङ पुस्तकको सुचीमा रहेको बताउनु भयो । साथै उहाले नेपालका रास्ट्रपती समक्ष पुस्तक र समस्याबारे जानकारी दिन पाउदा समस्या समाधानमा सरकार क्रियासिल हुने आशा ब्यक्त गर्नु भएको छ । पश्चिम नेपालका बिभिन्न जिल्लाबाट भारतका बिभिन्न सहरहरुमा बेचीएका र उद्दार भइ पुनस्थापीत ५ महिलाको कथा समस्या समाधानका लागी मार्ग बन्ने साराको भनाई थियो । कबिता बादी,देबीसारा हन्ना बादी,सरिता परियार,रुथ बादी र सुकमाया बादीको कथाहरु पुस्तकमा समेटिएको छ । कार्यक्रममा बोल्दै पुस्तकमा समाबेश गरीएकी एक पात्र देबीसरा हन्ना बादीले आफुले आखै अगाडी देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना अगाडी आउदा खुसी लागेको बताउनु भयो । साथै उहाले आज पनी एक पुरीया बिस्कुटमा आफ्नो सरीर बेचीरहेका दिदी बहिनीको पुनस्थापनामा सरकारलाई झकझकाइदिन रास्ट्रपति समक्ष अनुरोध समेत गर्नु भएको थियो ।
बिगत १५ बर्ष देखि बादी महिलाहरुको उद्दार शिक्षा र पुनस्थापनामा काम गरीरहेका राजु सुन्दासले हरेक दिन अझै पनि सैयौ नेपाली छोरीहरु नेपालबाट भारतका कोठीहरु र पछिल्लो समय मध्यपुर्बका देशहरु बेचीरहेको रास्ट्रपती तथ्य राख्दै सरकारको ध्यानर्कशण गराउनु भयो । पुस्तक छिटै नेपालीमा भाषामा समेत आउने सुन्दास रास्ट्रपती समक्ष जानकारी दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्