ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खराब ब्याटिङका कारण नेपाल पराजित


एबीसी / संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार   ५ : ३२   बजे

काठमाडौँ, २७ फागुन । श्रीलंकाका स्टार खेलाडी सम्मीलित श्रीलंका संयुक्त-११ विरुद्ध नेपाल पराजित भएको छ । श्रीलंका भ्रमणमा रहेको नेपाल आफ्नो अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त-११ संग ९२ रनले पराजित भएको हो । २ सय ३३ रनको लक्ष्य पन्छ्याएको नेपाल ३५ ओभर २ बलमा १ सय ४० रन बनाउंदा अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।

धरासायी बनेको नेपालको इनिङलाई मल्लले उकास्ने प्रयास गरेका थिए । मल्ल आउट भएसंगै नेपाल पुन: कमजोर बनेको थियो । कुशल भुर्तेलले ३२ रन बनाउंदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, बिनोद भण्डारी र सगर ढकालले समान १र१ रन बनाउंदा बिक्रम सोब डक आउट भए । सन्दीप लामिछाने भने खाता नखोली अविजित रहे । श्रीलंका संयुक्त-११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे ।

यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा सहज जित हात पारेको थियो । नेपालले यसअघि श्रीलंका पुलिस र श्रीलंका नेभीसंग अभ्यास खेल खेलेको थियो । नेपालले आईसीसी विश्वकप लिग दुई अन्तर्गतको सिरिजको लागि तयारी स्वरुप श्रीलंका भ्रमण गरेको हो । नेपालले आगामी इसिरिज यूएईमा खेल्दै छ । अब नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् । नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu