काठमाडौँ, २७ फागुन । रौतहटमा शुुक्रबार सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण महंगुआ गुरहनवा ग्रामपञ्चात वडानम्बर-२ निवासी ४५ वर्षिय दिप नारायण प्रसाद रहेका छन् । उनी सवार मोटरसाइकलको विभिन्न भाग र हेलमेटमा समेत लुकाई ल्याउँदै गरेको १८ लाख ७३ हजार नेपाली रुपैयाँ सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल आउदै गरेको बी आर ०५ वाई २९७९ नम्बरको सबार मोटरसाईकल लाई रौतहटको बौध्दिमाई नगरपालिका-९ सरमुजवामा चेकजाँच गर्ने क्रममा साह लाई स्रोत नखुलेको रकम सहित ससस्त्र प्रहरीले पक्राउ गरेको हो । ससस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरका ससस्त्र प्रहरी उपरिक्षक ध्रुब कार्कीले पक्राउ परेकाको बिषयमा अनुसन्धान भैरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्