काठमाडौँ, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ । बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताउनुभयो । उहाँले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रश्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताउनुभयो । प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताउनुभयो ।
प्रचार विभाग प्रमुख खतिवडाले दुई दिनसम्म चल्ने केन्द्रीय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्