ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको आक्रमणले युक्रेनका मुख्य शहर अस्तव्यस्त, राजधानी किभ पनि रुसी सेनाको घेरामा


एबीसी / संवाददाता
२ चैत्र २०७८, बुधबार   १२ : ३४   बजे

काठमाडौँ, २ चैत । तीन सातादेखिको रुसको सैन्य आक्रमणका कारण युक्रेनका मुख्य शहर अस्तव्यस्त भएका छन । युक्रेनको राजधानी किभ पनि चारैतिरबाट रुसी सेनाको घेरामा परेको छ । युक्रेनमा रुसको सैन्य आक्रमण २१औं दिनमा प्रवेश गरेको छ । तीन सातादेखिको आक्रमणले युक्रेनमा मुख्य शहरहरु अस्तव्यस्त भएका छन् राजधानी किभ शहरलाई चारैतिरबाट रुसी सेनाले घेरा हालेको छ ।

खार्किभ, मरिउपोल, खेर्सन लगायतका केही शहर रुसको पूर्ण नियन्त्रणमा छ । पूर्वी डोनबास क्षेत्रमा युक्रेनको उपस्थिती समेत छैन । यसैबीच मरिउपोल शहरको एक अस्पतालमा ४ सय भन्दा बढी मानिसलाई रुसी सेनाले बन्धक बनाएको आरोप शहरका उपमेयर सर्गेई ओर्लोभले लगाएका छन् । केही दिनअघि रुसी सेनाका कब्जामा गएको मारिउपोल शहरको अस्पतालमा रहेका ४ सय बढी चिकित्सक र बिरामीलाई रुसी सेनाले बन्धक बनाएको आरोप उनले लगाएका हुन् ।

यसैबिच रुस र युक्रेनका अधिकारीबिच आज पनि वार्ता हुने भएको छ । रुसी सेनाले युक्रेनको एक मेट्रो स्टेशन र आवासिय भवनहरुमा मंगलबार गरेको हवाई हमलामा ४ जनाको मृत्यु भएको छ । राजधानी किभमा ३५ घण्टे करफ्यु आदेश जारी गरिएको छ । यक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्न पोल्याण्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्री रेलबाट जोखिमपूर्ण यात्रा गर्दै किभ पुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ सरकारको पहिलो पहल : राष्ट्रिय सभामा दुई विधेयक दर्ता

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्बन्धित

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu