काठमाडौँ, ४ चैत । अमेरिकाका राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हत्यारा, तानाशाह र ठगको संज्ञा दिनुभएको छ । उहाँले बिहीबार रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी हत्यारा, तानाशाह र ठगको संज्ञा समेत दिनुभएको हो । अमेरिकाका राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधि भन्दा रुसले चर्को आलोचना समेत गरेको थियो ।
युक्रेन र रुसबीच भएको जारी युद्धमा अमेरिकाले लगातार रुसलाई दबाब दिने प्रयास गरिरहेको छ । सोही क्रममा बिहीबार अमेरिकाका राष्ट्रपति जो वाइडेनले पुटिनलाई युद्ध अपराधि भन्नु भएको थियो । वाइडेन अब बयानबाजिमा अझ अगाडि बढेको देखिन्छ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा युद्धको बिगुल फुकेको थियो । युद्धको आज २३ औँ दिन हुँदासम्म युद्ध रोकिने अवस्थामा भने पुगेको छैन ।
प्रतिक्रिया दिनुहोस्