काठमाडौँ, ७ चैत । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा युएईले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २ रन बनाएको हो ।
उसका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए, भ्रीत्या अरविन्द २४, वसील हमीद १७ र अलिशाख शराफू २१ रन बनाएर आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले तीन विकेट लिए । सोमपाल कामी र करण केसीले दुई-दुई विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको खातामा एक-एक विकेट गयो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्