ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिकोणात्मक टी-२० क्रिकेट अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित


एबीसी / संवाददाता
१६ चैत्र २०७८, बुधबार   ६ : ५०   बजे

काठमाडौँ, १६ चैत । त्रिकोणात्मक टी-२० क्रिकेट अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, दीपेन्द्र सिंह ऐरी २१, दिलिप नाथ १५ तथा रोहित पौडेलले १२ रनको योगदान गरेका छन । मलेसियाका पवनदिप सिंहले २ तथा मुहमद अमिर र सेइद अजिजले १/१ विकेट लिएका छन । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो । मलेसियाका जुबैदी जुल्किफ्ले सर्वाधिक ३२ रन बनाएका थिए । त्यस्तै, कप्तान अहमेद फैज २४, मुहम्मद अमिर १६ र सेद अजिजले १४ रन जोडेका । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २-२ तथा अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिएका थिए । यो जितसँगै नेपाल सिरिजको फाइनल नजिक पुगेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेकोथियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu