ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति वार्ताका क्रममा गरेको वाचा विपरित रुसले आक्रमण जारी राखेको युक्रेनले आरोप


एबीसी / संवाददाता
१६ चैत्र २०७८, बुधबार   ७ : १६   बजे

काठमाडौँ, १६ चैत । रुसले शान्ति वार्ताका क्रममा गरेको वाचा विपरित आक्रमण जारी राखेको युक्रेनले आरोप लगाएको छ ।
युक्रेनको चेर्निहिभ क्षेत्रका गभर्नरले त्यहाँ सैन्य गतिविधि कम गर्ने वाचा गरेपनि रुसले आफ्नो आक्रमणमा कुनै परिवर्तन नगरेको बताएका छन । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गभर्नर चाउसका अनुसार रुसले चेर्नीहिभ क्षेत्रमा रातभर बमबारी गरेकोथियो । रुसले राजधानीबाट आफ्नो फौज फिर्ता गर्ने प्रतिबद्धता गरेको केही घण्टापछि बुधबार सबेरसम्म पनि किभमा हवाई गस्तिका साइरनहरू सुनिएको बताइएको छ । टर्कीको इस्तानबुलमा भएको शान्ति वार्तापछि रुसले मङ्गलवार उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो । यद्यपी, रुसी अधिकारीहरूले युक्रेन लगायत पश्चिमा देशहरुले रुसी प्रतिविद्धतालाई संशयका साथ हेरेका छन् । तीन घण्टा लामो वार्ताका क्रममा रुसका उपरक्षामन्त्री एलेक्जेन्डर फोमिङले आपसी विश्वास बढाउनका लागि सैन्य गतिविधि धेरै मात्रामा कटौती गर्न लागिएको बताएका थिए। युक्रेनले रुसका सामु प्रस्तुत गरेका विकल्पहरूमा युक्रेनले सुरक्षाको प्रत्याभूतिका बदलामा तटस्थ भूमिका अपनाउने प्रस्ताव गरेका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्सकीले वार्ताका प्रारम्भिक सङ्केतहरू सकारात्मक भएतापनि रुसले आफ्नो आक्रमणलाई जारी राखेको निन्दा गर्नुभएको छ । रुस आक्रमणको मुख्य उद्देश्य युक्रेनलाई नेटो गठबन्धनमा सदस्य हुनबाट रोक्नु रहेको अनुमान गरिएको छ । यता रुसी अधिकारीहरुले पनि वार्ता व्यवहारिक चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group