ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन तयारी तथा अनुगमन संयन्त्रको गठबन्धनको बैठक निष्कर्ष विहिन


एबीसी / संवाददाता
४ बैशाख २०७९, आइतबार   ७ : ३७   बजे

काठमाडौँ, ४ बैशाख । स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर पालिकाको भागवण्डा मिलाउन बसेको सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगन संयन्त्रको बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा दलहरुले आफ्नो तर्फबाट महानगर र उपमहानगरको दाबेदारी प्रस्तुत गरेका थिए । शीर्ष नेताहरुको बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको तयारी तथा अनुगमन संयन्त्रको आइतबार अपराह्न बसेको बैठकमा तालमेलको प्रयास भए पनि सहमति जुट्न सकेन ।

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन माओवादीले प्रस्ताव गरेको थियो । भरतपुर आफुले, वीरगञ्ज जनता समाजवादी पार्टी र पोखरा एकीकृत समाजवादीले लिनु पर्ने माओवादीको प्रस्ताव छ । ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्वमा माओवादीको दाबी छ । त्यसैगरी एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरको उम्मेदवारहरु आफूहरुलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।

बैठकमा संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वभाविक दाबी गर्न नहुने र पार्टीको समर्थनको ठूलो पंक्ति हुन्छ भन्ने बिर्सन नहुने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Economic Winners and Losers in US-Israel War on Iran

Syria Chooses Diplomacy Over Conflict With Israel

Raja Shehadeh’s Diaries Find New Home in Scotland

Iran Strikes Jordan, UAE After US Bombings on Larak Island

Tokayev Appoints Longtime Adviser as Kazakhstan’s First Vice President

विद्यालय पुगेका ३५० बालबालिका जोगिए, बाटोमै हराए २०० विद्यार्थी : होल्डिङ सेन्टरमा चार वर्षीय बालक सोधिरहन्छन्– ‘मेरो आमा खोइ?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu