ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते


admin
२९ पुस २०७४, शनिबार   ४ : २३   बजे

पोखरा, २९ पुस । १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको छ । 

भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने मञ्चद्वारा आज आयोजित पत्रकारसम्मेलनमा मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै १० किलोमिटर पुरुष र महिला दौड पनि आयोजना गरिनेछ । उक्त प्रतियोगितामा प्रथम रु १५ हजार, द्वितीय रु १० हजार र तृतीय रु पाँच हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौडमा प्रथम रु १० हजार, द्वितीय रु सात हजार र तृतीय हुनेले चार हजार नगद पुरस्कार पाउनेछन् ।

यसरी नै ४०० मिटर ह्विल चियर पुरुष तथा महिलामा प्रथम, द्वितीय र तृतीयले क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार दिइनेछ । यो पटक १०० मिटर दृष्टिविहीन दौड पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु पाँच हजार, रु तीन हजार र दुई हजार पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न रु १७ लाख ३९ हजार खर्च लाग्ने बताइएको छ । प्रतियोगिताका लागि नेपाल एडभेन्चर स्पोट्र्स प्रालि र स्थानीयस्तरमा ट्रेनर नेपालले पनि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu