ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनटिसीमा अब फोन गर्दा सुनिन्छ ; ‘लौ न हजुर आयो निर्वाचन‘..


एबीसी / संवाददाता
१४ बैशाख २०७९, बुधबार   ११ : ५७   बजे

काठमाडौं १४ वैशाख । बुधबारदेखि नेपाल टेलिकमका प्रयोगकर्ताले एक अर्कालाई फोन गर्दा चुनावी सन्देश सुन्ने भएका छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाल टेलिकमका मोबाइल र ल्यान्डलाइन फोनमा कलर रिङ ब्याक टोन (सिआरबिटी) राखेको हो।

आयोगका सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले मतदाता शिक्षा दिनको लागि कलर रिङ ब्याक टोन राखिएको बताउनुभयो । ‘मतदाता शिक्षामा नयाँपन ल्याउन हो। सबैको मोबाइलमा मेसेजहरू भोट कसरी हाल्ने सिकाउन, सहभागीता बढाउने हिसाबले यो गरिएको हो,’ उहाँले भन्नुभयो, ‘स्थानीय तह निर्वाचन विशेष सन्देश प्रवाह गर्न यो गरिएको हो।’ हाल नेपाल टेलिकमबाट मात्रै सुचारू भएपनि त्यसबारेमा एनसेल र स्मार्ट सेलसँग पनि कुराकानी अघि बढाएको उनले बताए। त्यहाँबाट पनि छिट्टै जारी हुने उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार यसको लागि टेलिकमले निशुल्क सहयोग गरेको हो। यद्यपी लाग्ने करबारे पनि सरकारसँग छलफल गरिरहेको उहाँले बताउनुभयो। ‘निशुल्क गरिदिन्छौं भन्नुभएको छ। तर त्यसको लागि कर लाग्ने र आयोगको सार्वजनिक हितको काम भएको हुनाले छुटको लागि पहल गरिदिनु भनेको हुँदा आयोगले पहल गरिरहेको छ,’ उाँले भन्नुभयो।

यसअघि टेलिकमले कोरोनाभाइरसको महामारीका बेला जनचेतना फैलाउन सन्देशमूलक सिआरबिटी राखेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group