ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिमा देश र रुसबीच तनाव बढ्दो : जर्मनीले युक्रेनलाई ५० वटा एन्टी-एयरक्राफ्ट ट्यांक सहयोग गर्ने


एबीसी / संवाददाता
१४ बैशाख २०७९, बुधबार   १ : १२   बजे

काठमाडौँ, १४ बैशाख । युक्रेनको विषयलाई लिएर पश्चिमा देश र रुसबीच थप तनाव बढेको छ । रुसले युक्रनमाथिको आक्रमण नरोकेपछि जर्मनीले युक्रेनलाई झण्डै ५० वटा एन्टी-एयरक्राफ्ट ट्यांक सहयोग गर्ने भएको छ ।

युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेदारबीच जर्मनीमा बैठक बसिरहेका बेलामा यो निर्णय आएको हो । यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले रुसको आक्रमण विरुद्धको लडाइमा युक्रेनलाई सहायता दिनेमा आफूहरु प्रतिबद्ध रहेको र विश्वका धेरै देश एकजुट रहेको बताएको छ । यसैबीच, रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्याण्ड र बल्गेरियालाई आजदेखि ग्यास पठाउन बन्द गर्ने जनाएको छ ।

रुसले मित्रवत् व्यवहार नगर्ने देशलाई रुबलमा ग्यासको भुक्तानी गर्न भनेको छ । तर, दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन् । उनीहरुले रुबलमा भुक्तानी गर्न अस्विकार गरेसँगै रुसी ऊर्जा कम्पनीले ग्यास पठाउन बन्द गर्ने भएको हो । बल्गेरिया ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि रुसी ऊर्जा कम्पनी ग्याजप्रोममा निर्भर छ । यस्तै, ग्यास आपूर्ति बन्दको खबरसँगै पोल्यान्डको जलवायु मन्त्रालयले देशको ऊर्जा आपूर्ति सुरक्षित रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको मूल्य यथावत

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

सम्बन्धित

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu