काठमाडौं, ३० पुस । साताको पहिलो दिन नेप्से परिसूचक कारोबार शून्य दशमलव ६२ प्रतिशतले घटेको छ ।
कारोबार शुरु भएदेखि घटेको बजार ८ दशमलव ८८ अङ्क घटेर १ हजार ४ सय ३१ दशमलव ४१ विन्दुमा पुगेको छ ।
एक सय २० कम्पनीको १ हजार ५ सय ११ पटकको व्यापारमा ११ करोड ८ लाख रुपैया बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका होटल र ‘अन्य’ समूहको परिसूचकबाहेक बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचकमा गिरावट आएको हो । फरर्वाड माइक्रोफाइनान्सको प्रतिकित्ता ३ हजार ४ सय ३ रुपैँयामा १ करोड ३८ लाख रुपैँया बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्