ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिनुपर्छः प्रधानमन्त्री


एबीसी / संवाददाता
२७ बैशाख २०७९, मंगलबार   ८ : ०७   बजे

काठमाडौँ, २७ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिने संकेत गरेका छन्।

स्थानीय चुनावको प्रचारप्रसारका लागि गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले चुनावी सभामा उक्त आयोजना अघि बढाउन भारतसँग सम्झौता गर्ने योजनाबारे सुनाएका हुन्। चिनियाँ कम्पनीले उक्त आयोजना बनाए त्यसबाट उत्पादित बिजुली भारतले नकिन्ने ठोकुवा गर्दै उनले भारतीय कम्पनीलाई नै दिएर बनाउने उल्लेख गर्नुभयाे ।

चुनावी सभामा उनले पश्चिम सेतीसँगै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना पनि चाँडै भारत सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउन कुराकानी भइरहेको बताउनुभयाे । यो आयोजना अघि बढाउने भन्दै विदेशी कम्पनीले लिएर वर्षौँदेखि होल्ड गर्ने काम मात्रै भएको छ। अस्ट्रेलियाको स्मेकदेखि चिनियाँ कम्पनी थ्रि गर्जेजसम्मले यसलाई लिएर होल्ड गर्ने मात्रै काम गरेका थिए।

यो आयोजना डोटी, डडेल्धुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेती नदीमा निर्माण हुने भनिएको छ। फ्रान्सको कम्पनी सोग्रेहले यसको अध्ययन गरी बिजुली उत्पादन गर्न सकिने निष्कर्ष दिएको थियो। त्यतिबेला १३५ मेगावाटको बिजुली उत्पादन गर्ने भनिएकोमा पछि ७ सय ५० मेगावाट बिजुली उत्पादन गर्ने योजना बनेको थियो।

सोलगत्तै अस्ट्रेलियाको स्मेकलाई निर्माणको लागि २०५४ सालमा जिम्मा दिइएको थियो। सम्झौताअनुसार उक्त कम्पनीले काम नगरेपछि २०६६ मा सरकारले सम्झौता तोडेको थियो। पछि फेरि २०६८ मा चीनको थ्रि गर्जेजसँग समझदारी पत्रमा हस्ताक्षर भएको थियो। चिनियाँ कम्पनीले पनि होल्ड गरेर पछि नसक्ने बताएपछि यसको निर्माणबारे अन्योल रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu