ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र संकटमा पर्न नदिन खाद्यान्न आयातमा कडाइ गरौं : मिनेन्द्र रिजाल


एबीसी / संवाददाता
५ जेष्ठ २०७९, बिहिबार   ५ : २२   बजे

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बढ्दो आर्थिक संकटका विषयमा संसदमा गम्भीर छलफल गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभामा बिहीबार आगामी बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी विधेयक माथिको छलफलमा बोल्दै नेता रिजालले सरकार र प्रतिपक्ष नभनी सबै पक्ष अर्थतन्त्र संकटको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । खाद्यन्न, लत्ताकपडा लगायतका आयातमा भइरहेको ठूलो खर्चले शोधनान्तर घाटालाई बढाएको भन्दै उनले कृषि उपज, खाद्यान्न, लत्ताकपडा आयात रोक्नुपर्ने बेला भएको बताउनु भयो । ‘वार्षिक ३ खर्ब ३० अर्बको खाद्यन्न र कृषि आयात प्रतिस्थापन गर्न सोच्ने बेला आयो,’ रिजालले भने, ‘लत्ताकपडाको आयात ४० अर्बबाट बढेर १४५ अर्ब पुग्यो ।’
स्वास्थ्य तथा औषधि, इन्धन लगायतका वस्तुको आयात बढेको विषयमा गम्भीर भएर सोच्नुपर्ने रिजालले बताउनुभयो । रेमिट्यान्स र भन्सार करबाट प्राप्त हुने राजस्व चलाउने जमातको जन्म भएको भन्दै उनले राजश्वको दुरुपयोग रोक्न पनि आग्रह गर्नुभयो । ‘पहिले विदेशी सहायता चलाउने जमात थियो,’ नेता रिजालले भने, ‘अहिले रेमिट्यान्स र भन्सारबाट स्वतः प्राप्त हुने राजस्व जतासुकै चलाउन पाउने जमातको जन्म भएको छ ।’
उहाँले पुँजीगत खर्च कमजोर हुनुमा वर्तमान सरकार मात्रै दोषी नरहेको भन्दै त्यसको बचाउ गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा ३८ देशका विदेशी नागरिक प्रभावित, अवस्थाबारे विवरण संकलन हुँदै

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu