ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दर्भ महानगरको चुनावी नतिजा : दलहरुले जनभावनाको सम्मान नगर्दा मतदाताको विद्रोह स्वतन्त्र उम्मेदवार मार्फत प्रकट


एबीसी / संवाददाता
८ जेष्ठ २०७९, आइतबार   १ : २९   बजे

काठमाडौँ महानगरपालिकामा ठुला दलहरुले आफ्नो जित दाबि गरिरहेको बेला स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता लिइरहेका छन् ।काठमाडौं महानगरको चुनावी मतगणनाले देशकै ध्यानाकर्षित गरिरहेको छ । मत गणना जारी रहेको अवस्था बालेनले निश्चित रुपमा जित्छन् नै भन्न त सकिन्न तर जुन अनुपातमा उनले मत पाउदै आएका छन् यसले उनले जित्ने प्रशस्त संकेत भने गरेको छ । सुरुवात देखि नै बालेनले अग्रता कायम राखेका हुन् । बालेनले पाएको मतले देशको राजनीतिमा ठुलो तरंग ल्याएको छ ।

पलपलमा आउने प्रारम्भिक मत परिणामले सामाजिक सञ्जालदेखि मिडियाको मुख्य समाचारसम्म छपक्कै छोपिएको छ । अहिलेसम्म उल्लेख्य अन्तरका साथ स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अगाडि बढिरहेका छन् भने उनलाई कांग्रेसकी सृजना सिंहले र एमालेका केशव स्थापित भन्दा भारी मतान्तरले अगाडी रहेका छन् ।

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द कैजरिवालले एकपटक भनेका थिए, ‘मलाई प्रत्यक्ष राजनीतिमा आउनु थिएन । अन्ना हजारेसँग भ्रष्टाचारविरोधी अभियान चलाएर बसिरहेको थिएँ । तर, राजनीतिक पार्टीका नेताहरुले भने कि त्यस्तो सुधार नै चाहन्छौ भने राजनीतिमा आऊ, अनि थाहा पाउनेछौं । र, म प्रत्यक्ष राजनीतिमा आउन बाध्य भएँ ।’ केजरिवाल जसरी आए, बालेन्द्र त्यसरी आएका होइनन् । तर, दुवैको सुरुवाती गैरदलीय यात्रा भने उस्तै छ । राजनीतिक पार्टीले मात्रै विचार, सिद्धान्त बोकिहिँड्छ भनेर नमान्ने जमातले बालेन्द्रलाई साथ दिइरहेका छन् ।

राजनीतिक निराशामा रहेका नागरिकहरुको ठूलो समर्थन पाएका छन् । बालेन्द्रको सुरुवाती अग्रता र उनको लोकप्रियतालाई हेर्दा राजनीतिक पार्टी प्रति निराश बनेका युवा पुस्ताको जमात कति ठूलो छ, प्रस्ट देखिन्छ । अघिल्लो स्थानीय चुनावमा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार र साझा पार्टीका किशोर थापाले १८ हजार मत ल्याएका थिए । यो बीचमा यी दुई पार्टी एक भए, बीचमा क्षतविक्षत भए । राजनीतिक पार्टीभन्दा फरक विचार राख्ने जमातको नेतृत्व गरेको यो पार्टी अहिले छिन्नभिन्न अवस्थामा छ । तर, जुन जमातको समर्थनले दर्शना र थापाले हजारौं भोट पाएका थिए, त्यो जमात अहिले पनि छ । जो अझैसम्म राजनीतिक पार्टीको विकल्प खोजिरहेका छन् भनेर बालेन्द्रले पुष्टि गरिरहेका छन् । र्यापर बालेन शाहले काठमाडौँको मेयरमा उम्मेदवारी सबैभन्दा पहिला घोषणा गरेका थिए । सामाजिक संजालको व्यापक प्रयोग, सामान्य जस्ता लाग्ने समस्याको उठान, युवाको प्रतिनिधित्व, जस्तै प्रश्नको पनि सटिक उत्तर दिने शैलीले बालेनको आकर्षण बढेको बुझ्न सकिन्छ । यति मात्र होइन उनले गरेको चुनावको प्रचार शैली अहिलेको महँगो बन्दै गएको निर्वाचनका लागि सहि विकल्प हुनसक्ने सन्देश पनि उनले दिएका छन् । चुनावमा पैसा खर्च नगरेर पनि कसरी उपलब्ध साधन र स्रोतको प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण पनि बालेनले दिएका छन् । एमाले र काँग्रेसले उम्मेदवार जो भएपनि फरक पर्दैन भन्ने सोच्नु र तुलनात्मक रुपमा राम्रो उम्मेदवार दिन नसक्नु बालेनका लागि अझ सहयोगी बनेको देखिन्छ ।

अर्को अहिले सामाजिक संजालको प्रभावलाई बालेनले भरपुर उपयोग गरेको देखिन्छ । सामाजिक संजालमा प्रभाव भएका व्यक्तिहरुलाई उनले प्रयोग गरेर घर घरमा आफ्ना कुरा पुर्याएको देखिन्छ । अवस्य पनि बालेन राजनीतिमा अनुभवी होइनन् तर यस पटक काठमाडौँका मतदाताले विकल्प देखेनन् । स्थापितमा विद्यासुन्दरको अनुहार देखे भने सिर्जनामा नेपोटिजम (आफ्न्तवादको) झझल्को । उनलाई युवाको मात्रै सहयोग प्राप्त हुनेमा ढुक्क देखिन्थे राजनितिक दलका उम्मेदवारहरु तर बालेनले प्राप्त गरेको मत र सहयोग देख्दा उनको समर्थनमा युवा मात्रै छन् भन्न भने पटक्कै सकिन्न ।काठमाडौँका मतदाताले मतको प्रयोग नयाँ किसिमले गरेर दलहरुलाई नयाँ तरिकाले सोच्न संदेश दिएका छन् । यस निर्वाचनले बालेनलाई एक व्यक्ति नभएर परिवर्तनको संवाहक बनाएको छ । उनले निर्वाचन जितिसकेका छैनन्, तर उनले अहिलेसम्म पाएको मतले प्रमुख दलहरुलाई जनता सचेत भइसकेका र दलहरुले अब आफ्नो उहि पुरानो प्रवृत्ती त्याग्नु पर्ने जानकारी भने दिएको छ ।

बालेन शाहसँगै एमालेका उम्मेवदार केशव स्थापित र काँग्रेसकी उम्मेदार सिर्जन सिह भन्दा उनको इतिहास पल्टाएर हेर्दा उनी वा उनको कोही परिवारमा पनि राजनीतिमा लागेका छैनन्। त्यसैले पहिलो पटक नै यति धेरै चर्चित भइसकेका स्थापितलाई बालेनले पराजित गर्न निक्कै कठिन अनुमान गरिएपनि त्यो अनुमान मात्र हुन गएको छ । राम्रो भिजन र फरक सोच भएका तथा शिक्षित व्यक्ति भएका कारणले गर्दा पनि बालेनले महानगरबाट भारी मत पाउन सफल भएका हुन ।

राजधानी काठमाडौंले मूल राजनीतिलाई चुनौती दिएको यो पहिलो पटक भने होइन । पद्मरत्न तुलाधर, गोल्छे सार्की, नानीमैया दाहालहरूले संस्थापन राजनीतिलाई पञ्चायतकै अवधिमा चुनौती दिएका थिए । तर त्यसबेला उनीहरूलाई भूमिगत राजनीतिक शक्तिहरुले पृष्ठभूमिबाट साथ दिएका थिए । मेयरको दौडमा उत्रिएका केशव र सिर्जनासँग पनि अहिले २०४८ यता चुनाव जित्दै आएको बलियो संगठन र ठूलो संख्यामा सदस्य छन् । अर्कातिर सात दशक लामो अवधिदेखि जरा गाडेको दलहरुकै उम्मेदवारले मात्रै जित्न सक्छन् भन्ने आम बुझाइले गैरदलीय उम्मेदवार र मतदातालाई मनोवैज्ञानिक दबाब सिर्जना गर्ने नै भयो । अझ सिर्जनासँग संघीय सत्ता र केशवसँग २०७४ सालका मेयर विद्यासुन्दर शाक्यको बलियो साथ भएकाले पनि उनीहरुमध्ये एकले मेयर जित्ने आम आँकलन थियो ।

तर चुनावी नतिजा भने ठीक विपरीत आइरहेको छ । अहिलेसम्म सामाजिक सञ्जाल र असंगठित युवा पंक्ति मात्रै देखिएको बालेन मेयर बन्ने सहज यात्रामा छन् । दलहरुले जनभावनाको सम्मान नगर्दा मतदाताको विद्रोह स्वतन्त्र उम्मेदवार मार्फत प्रकट गर्छन भन्ने कुराको पुष्टी एक पटक फेरी काठमाडौं महानगर बासीले गरेका छन् । जब दलहरुले आफ्नो सिद्धान्तबाट पछि हट्दै जान्छ, राजनीति पाटीको गतिविधी आम नागरिकमुखी बन्दैनन अनि सचेत मतदाताले विद्रोह गर्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group