ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तह निर्वाचन : कुन प्रदेशमा कुन दलबाट कति निर्वाचित ?


एबीसी / संवाददाता
९ जेष्ठ २०७९, सोमबार   ८ : ३७   बजे

काठमाडौं, ९ जेठ ।  प्रदेश नं. १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ५ हजार ८ सय ६४ निर्वाचित भएका छन् । नेपाली कांग्रेसले मेयरमा २१ र अध्यक्षमा ४४, उपमेयरमा ११, उपाध्यक्षमा ३५ गरी कुल २ हजार २ सय ८७ पदमा जित हासिल गरेको छ । नेकपा ९एमाले० मेयरमा १८, अध्यक्षमा २४, उपमेयरमा २५, उपाध्यक्षमा २९ गरी अरु दलभन्दा धेरै २ हजार ६ सय ८५ पदमा विजयी भएको छ । प्रदेश(१ मा नेकपा ९माओवादी केन्द्र० ले अध्यक्षमा १२, उपमेयरमा ४, उपाध्यक्षमा १५ गरी कुल ५ सय ३५ ठाउँमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी नेपालले १ सय १२ र नेकपा ९एकीकृत समाजवादी० ले एकसय पदमा जित हासिल गरेको छ ।

मधेस प्रदेशमा ६ हजार २ सय ७९ निर्वाचित भएकामा नेपाली कांग्रेसले अरुभन्दा धेरै २ हजार १ सय १९ जित हासिल गरेको छ । नेकपा ९एमाले० १ हजार ३ सय ७२ र जनता समाजवादी पार्टी नेपाल १ हजार १ सय २१ पदमा विजयी भएका छन् । मधेस प्रदेशमा नेकपा ९माओवादी केन्द्र०ले ६ सय ५०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४ सय ६६, नेकपा ९एकीकृत समाजवादी०ले ३७, जनमत पार्टीले ६२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०, तराई मधेस लोकतान्त्रिक पार्टीले १२, विवेकशील साझाले ११, नेपाल जनता पार्टीले ५, नेपाल लोकतान्त्रिक पार्टीले ५, नेपाल सुशासन पार्टीले ४ तथा नेपाल सद्भावना पार्टी र बहुजन शक्ति पाटीले १—१ पद जितेका छन् । मधेस प्रदेशमा स्वतन्त्रबाट ४९ निर्वाचित भएका छन् ।

वाग्मती प्रदेशमा अहिलेसम्म ५ हजार ५ सय २४ निर्वाचित भएकामा कांग्रेसले प्रमुखदेखि सदस्यसम्म गरी २ हजार ३ सय ७१ पदमा जित हासिल गरेको छ । यस्तै, नेकपा एमाले १ हजार ९ सय ५४, नेकपा ९माओवादी केन्द्र० ९ सय ३९ र नेकपा ९एकीकृत समाजवादी० १ सय १० पदमा विजयी भएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८, नेपाल मजदुर किसान पार्टीले ५४, जनता समाजवादी पार्टीले ३ र स्वतन्त्रले ३५ पदमा जित हासिल गरेका छन् ।

गण्डकी प्रदेशबाट मेयर २५, अध्यक्ष ५८, उपमेयर २५, उपाध्यक्ष ५८, वडा अध्यक्ष ७ सय ४४, महिला सदस्य ७ सय ४२, दलित महिला सदस्य ७ सय १७, खुला सदस्य १ हजार ४ सय ८६ गरी ३ हजार ८ सय ५५ जना निर्वाचित भएका छन् । सबै पदमा गरेर नेपाली कांग्रेसले १ हजार ६ सय ८३ तथा नेकपा (एमाले) ले १ हजार ५ सय ९२ ठाउँ जितेका छन् । गण्डकी प्रदेशमा नेकपा ९माओवादी केन्द्र० ४ सय २२, राष्ट्रिय जनमोर्चा ५९, नेकपा ९एकीकृत समाजवादी १९, जनता समाजवादी नेपाल १५, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, राष्ट्रिय जनमुक्ति पार्टी १ तथा स्वतन्त्र २० पदमा निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा सबै पदमा गरी ४ हजार ९ सय ३६ जना निर्वाचित भएकोमा नेपाली कांग्रेसले १ हजार ८ सय ९६ र नेकपा ९एमाले० ले १ हजार ६ सय १६ पद जितेका छन् । माओवादी केन्द्र ८ सय २८, जसपा नेपाल १ सय ९५, राप्रपा १ सय ८, राष्ट्रिय जनमोर्चा १ सय, लोसपा ८२, जनमत पार्टी ३१, जनता प्रगतिशील पार्टी १७, नेकपा ९एकीकृत समाजवादी० १६, बहुजन शक्ति पार्टी ५, नेपाल जनता पार्टी ५, राष्ट्रिय जनमुक्ति पार्टी १ र स्वतन्त्र ३६ पदमा निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशमा सबै पदमा नेपाली कांग्रेसबाट १ हजार २ सय ५०, माओवादी केन्द्रबाट १ हजार १ सय २३ र एमालेबाट १ हजार ३७ जना उम्मेदवार निर्वाचित भएका छन् । यस्तै, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० बाट १ सय ७९, नेपाल मजदुर किसान पार्टीबाट ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबाट २ र स्वतन्त्रबाट ६८ जना उम्मेदवार निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा सबै पदमा गरी ३ हजार ७ सय १ जना उम्मेदवार निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट १ हजार ६ सय ९८, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० बाट १ हजार १ सय ९५ र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० बाट ४ सय ५४ उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० बाट १ सय ४६, नागरिक उन्मुक्ति पार्टीबाट ९९, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २२, जनता समाजवादी पार्टी नेपालबाट ९, नेपाली कांग्रेस वीपी ७, नेपाल लोकतान्त्रिक पार्टीबाट २ र स्वतन्त्रबाट ६७ जना उम्मेदवार निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशमा सबै पदमा गरी ३ हजार ६ सय ९९ जना उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu