ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार मुद्दामा हदम्याद खारेज गर्न अखिल क्रान्तिकारीको माग


एबीसी / संवाददाता
९ जेष्ठ २०७९, सोमबार   २ : २८   बजे

काठमाडौं, ९ जेठ ।  नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले बलात्कार मुद्दामा हदम्याद खारेजी गर्न माग गरेको छ । हालै एक सुन्दरी प्रतियोगिता आयोजकले एक युवतीलाई लगातार यौन हिंसा गरेको घटना सार्वजनिक भएपछि बलात्कार जस्ता मुद्दामा हदम्याद हठाउनुपर्ने आवाज उठिरहेको छ ।

अखिल क्रान्तिकारीमा नेताहरूले सोमबार सिंहदरबार गएर कानुनमन्त्री गोविन्द बन्दीलाई ज्ञापन पत्र बुझाउँदै कानुनमा संशोधन गरेर हदम्याद हटाउन माग गरेका हुन । ‘मुलुकी ऐन, २०२० मा भएको व्यवस्था हेर्ने हो भने जबरजस्ती करणीको उजुरी गर्न ३५ दिनको मात्र म्याद दिएको थियो’ ज्ञापन पत्रमा भनिएको छ, ‘नयाँ संविधान जारी भएपछि विभिन्न कानुनमा रहेका लैंगिक असमानता हटाउन ल्याइएको ऐनले जबरजस्ती करणी उजुरीको हदम्यादलाई ३५ दिनबाट बढाएर ६ महिना बनाइएको थियो ।

त्यस्तै २०७५ मा बनेको नयाँ मुलुकी अपराध संहितामा हदम्याद एक वर्ष बनाइएको छ । माथिको तथ्यले कानुन आवश्यकता अनुसार संसोधन हुँदै जान्छ भन्ने पुष्टि गर्दछ । जबरजस्ती करणी जस्तो संवेदनशील, जघन्य महिलाविरुद्धको अपराधमा संकृचित हदम्यादको कारण पीडितले न्यायबाट बञ्चित हुनुपरेको र पीडकको मनोबल वृद्धि हुने अवस्था देखिंदा तुरुन्त हदम्याद खारेजीको लागि सम्बन्धित कानुन संसोधन गर्न जोडदार माग गर्दछौं।’

यस्ता घटनासँग सम्बन्धित पीडित तथा पीडित परिवारमा पर्न सक्ने दबाब र प्रभावलाई समेत मध्यनजर गर्दै पीडितको सुरक्षाको उचित व्यवस्थापन गर्नसमेत अखिल क्रान्तिकारीले माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group