ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा जोगाउन सकेन एमालेले विरासत


एबीसी / संवाददाता
१० जेष्ठ २०७९, मंगलबार   ८ : ०३   बजे

काठमाडौँ, १०  जेठ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । विसं २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सिमीत हुन पुगेको छ । उस्तै हालत राप्रपाको पनि छ । उसले नेपालगञ्जमा आफ्नो विरासत जोगाउन सकेन ।

निर्वाचनको सबै पालिकाको नतिजा सार्वजनिक हुँदा आठ पालिका रहेको जिल्लामा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेर सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले पाँच पालिकामा प्रमुख–उपप्रमुख दुवै, दुई पालिकामध्ये एकमा प्रमुख, अर्कोमा उपप्रमुख जित्न सफल भएको छ । जनता समाजवादी पार्टी ९जसपा०ले एक पालिका प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ भने नेकपा ९माओवादी केन्द्र०ले एक पालिका प्रमुख जितेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । नरैनापुर गाउँपालिकामा जसपा पुनः विजय भएको छ ।

राप्तीसोनारीको अध्यक्षमा कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा पूर्णिमासिंह थारू, डुडुवाको अध्यक्षमा कांग्रेसका नरेन्द्र चौधरी र उपाध्यक्षमा शाहिदा बानो, जानकीको अध्यक्षमा कांग्रेसका छब्बन खाँ, र उपाध्यक्षमा रामप्यारी यादव, बैजनाथको अध्यक्षमा कांग्रेसकै प्रकाश शाह, उपाध्यक्षमा निर्मला रोकाय, नरैनापुरको अध्यक्षमा जसपाका मोहम्मद इश्तियाक अहमद साह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव, कोहलपुरमा कांग्रेसका पूर्ण आचार्य र उपप्रमुखमा सङ्गीता सुवेदी पौडेल विजयी हुनुभएको छ ।

माओवादी–कांग्रेसको गठबन्धन रहेको खजुराको अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा कांग्रेसका मञ्जु मल्ल विजयी भए भने पाँचदलीय गठबन्धन रहेको नेपालगञ्ज उपमहानगरमा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार जसपाका कमरुद्दीन राई विजयी हुनुभएको छ ।

विस २०७४ को निर्वाचनमा चार पालिका जितेको एमालेले जिल्लामा पहिलोपटक यस निर्वाचनमा कुनै पनि पालिका जित्न सकेन । गठबन्धनका बाबजुद पनि जिल्लाका छ पालिकामा एमाले दोस्रो शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल भएको एमाले बाँकेका इन्चार्ज सूर्य ढकालले बताउनुभयो ।

राप्रपाका महामन्त्री डा धवलशम्शेर राणाले आफ्नो विरासत जोगाउन कोसिस भए पनि सम्भव हुन नसकेको बताउनुभयो । राप्रपाले माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाएको थियो । नेपालगञ्जमा वैश्य तेस्रो स्थानमा रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group