ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेका थापालाई हराउँदै पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु विजयी


एबीसी / संवाददाता
११ जेष्ठ २०७९, बुधबार   ८ : ०८   बजे

पोखरा , ११ जेठ ।  पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्। त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन।गएराति मध्यरातमा सम्पन्न मत गणनामा आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन्।

मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ५ हजार ६सय ७४ मत पाए। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत पाए।पोखरा महानगरपालिकाको उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङ बिजयी भएकी छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८ सय ४६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन्। मंगलबार राति सम्पन्न मतगणनामा गुरुङले ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेन (रञ्जु)ले ५ हजार ५ सय ८१ मत प्राप्त गरेकी छन्।

पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ५ सय १२ मतदाता रहेकोमा वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu