ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्माननीय प्रधानमन्त्री ज्यू – नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ कि छैन ? – ओली


एबीसी / संवाददाता
१२ जेष्ठ २०७९, बिहिबार   १२ : ३९   बजे

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ या छैन भनेर प्रश्न गरेका छन् ।सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले एक चीन नीतिप्रति प्रश्न उठाउने अवस्था बनाएको बताएका हुन् ।

गठबन्धन जोगाउने नाममा म्यादी सरकारले परराष्ट्र नीतिमा पक्षधरता लिएको आरोप लगाए । कुनै विदेशी सहायक विदेशमन्त्री आउँदा स्कटिङ दिएर गुम्बा घुमाएर छिमेकी देशको संवेदनशीलतामाथि धावा बोलेको ओलीले जिकिर गरे ।

परराष्ट्र नीतिमा सरकार चुकेको आरोप लगाएका ओलीले सन्धि सम्झौता गर्दा प्रमुख प्रतिपक्षी दललाई जानकारीसमेत सरकारले नदिएको आरोप लगाए । आफ्नै देशमा आफू जाँदा अनुमति लिएको बताउँदै उनले विदेशीमन्त्रीले अनुमति लिनुपर्दैन भन्दै प्रश्न गरे ।

‘मैले आफ्नै देशभित्र पनि इजाजत लिएर, प्रशासनसँग इजाजत लिएर म हुम्लाको दुर्गम ठाउँमा गएँ,’ उनले भने, ‘अनि विदेशीमन्त्री आएर अनुमति लिनुपर्छ कि पर्दैन रु इजाजत लिनुपर्छ भने कसरी लिनुभयो रु कसको पक्षमा इजाजत दिनुभयो ? छिमेक सम्बन्धको संवेदनशीलता बुझ्नु भएको छ कि छैन ?’

ओलीले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका हुन् । ‘हाम्रो परराष्ट्र नीतिलाई असन्तुलित, आवेगपूर्ण र गठबन्धनको सत्ता स्वार्थमा संकुचित बनाएको छ,’ ओलीले संसद बैठकमा भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu