ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चुनावमा सत्ताले पञ्चायतभन्दा बढी अत्याचार गर्‍यो’


एबीसी / संवाददाता
१२ जेष्ठ २०७९, बिहिबार   १ : २४   बजे

काठमाडौँ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन(२०७९ मा सत्ता गठबन्धनले पञ्चायतले भन्दा बढी अत्याचार गरेको आरोप लगाएका छन् ।बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा सत्तापक्षले मतदातालाई आक्रान्त बनाएले आरोप लगाए । साथै उनले निर्वाचनमा राज्यसंयन्त्रको चरम दुरुपयोग भएको पनि बताए ।

चुनाव स्वच्छ हुन नसकेको भन्दै ओलीले ओलीले भने, ‘राज्यसंयन्त्रको यो तहको दुरुपयोग पञ्चायतकालमा पनि भएको थिएन, यस्तो नांगो ढंगले सत्ता कब्जै गर्ने खालको काम पञ्चायतमा पनि भएको थिएन।’‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन, सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ । उम्मेदवारको घरमा बम पड्काइएको छ। एउटा ठाउँमा पनि प्रतिपक्षका कारण स्थगित भएको होइन,’भनेका छन् ।ओलीले सबै ठाउँमा प्रतिपक्षका विरुद्ध प्रहार भएको दाबी पनि गरे । प्रतिपक्षलाई सिध्याउने घोषित नीति नै लिएर निर्वाचन गरिएको उनको भनाइ थियो। गठबन्धनको घोषित नीति एमालेलाई धूलो चटाइदिने र पत्तासाफ गरिदिने रहेको पनि उनले सम्झिए ।

१४ दिनसम्म पनि परिणाम आउन नसक्नुप्रति ओलीको आपत्ति छ । सरकारले शान्तिपूर्ण भएको भनिएको चुनावको वैशाख १४ दिनपछि परिणाम किन आइरहेको छैन रु उनको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu