ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने : अध्यक्ष ओली


एबीसी / संवाददाता
१२ जेष्ठ २०७९, बिहिबार   २ : ५५   बजे

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेस सत्ताभोगमा लागेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । प्रतिनिधिसभामा सरकारका नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले कांग्रेससँग देशको हितमा कुनै नीति र कार्यक्रम नरहेको बताएका हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ओलीले एमालेले अघि सारेका नीति तथा कार्यक्रम नै समातेर कांग्रेस नेतृत्वको सरकारले ल्याएको बताए ।

विगतमा एमालेलगायतका दलले ल्याएको नीति र कार्यक्रमलाई कांग्रेसले सुरुमा विरोध गर्दै आएको र पछि गएर त्यसैलाई अँगाल्ने गरेको ओलीको भनाइ थियो ।अब सूर्यजस्तै छर्लंग भएको छ कि नेपाली कांग्रेससँग नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र सम्मान अभिवृद्धि गर्नका लागि कुनै नीति छैन ।

कार्यक्रम छैन, भिजन, योजना छैन । मार्गचित्र हुने कुरै भएन । गन्तव्य, सन्तव्य केही छैन,ओलीले भने, यतिमात्रै होइन कांग्रेसँग एमालेले अघि बढाएका नीति तथा कार्यक्रमहरूलाई हटाउने आँट पनि छैन । विरोध गरिन्ज्याल गर्ने, हटाउने आँट पनि छैन । संशोधन गरेर हटाउन सक्नुहुन्छ भने हटाइदिए हुन्छ ।

एमालेले ल्याएका नीति तथा कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रमबाट हटाउन ओलीले चुनौती दिए । कांग्रेसमाथि आक्रामक रूपमा प्रस्तुत भएका ओलीले भने, नेपाली कांग्रेससँग सत्ताभोग केन्द्रित नियतको नीतिबाहेक देश र जनताका लागि कुनै नीति र कार्यक्रम छैन । नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने । त्यसका लागि जे जे पूर्वाधार (हातले रुपैयाँको इशारा गर्दै) तयार गर्नुपर्छ गर्ने । कांग्रेसले यस नीति तथा कार्यक्रम मार्फत आफ्नो पहिचान पनि गुमाएको छ ।सत्ताभोगका लागि कांग्रेसले जालझेल र षडयन्त्र गरिरहेको उनको भनाइ थियो ।

सरकारलाई वैकल्पिक नीति ल्याउन ओलीले चुनौती दिएका छन् । अन्य राजनीतिक दलहरूका सिद्धान्त, नीति, कार्यक्रम र एजेन्डाहरूको सुरुमा चर्को विरोध गर्ने, प्रतिवाद गर्ने, अस्वीकार गर्ने पछि केही समयको बीचमा मौका छोपेर तिनै सिद्धान्त, नीति, कार्यक्रम र एजेण्डाबाट लाभ लिने १ आफू गलत गर्ने, अनि आफ्ना गलत कार्यहरू उल्टै तिनै राजनीतिक दलहरूलाई लगाएर व्यापक कुप्रचार गर्ने, अनुचित सहारा लिएर सत्ताभोगका लागि अनुकूल इकोसिस्टम तयार गर्ने कांग्रेसको खान्दानी सिद्धान्त हो,उनले भने, अर्काको एजेन्डालाई थाहा नपाएजस्तो गरेर उपयोग गर्ने विशिष्ट क्षमता कांग्रेसमै छ । अर्काको गुँडमा अण्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त छ । यो हाम्रो इतिहासको वास्तविकता हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu