काठमाडौं, २ माघ । अमेरिकाको क्यालिफोर्नियामा तीव्र गतिमा रहेको एउटा कार सडकमा रहेको डिभाइडरमा ठोक्किँदा उडेर एउटा कार्यालयको पहिलो तलामा पुगेको छ ।
सडकको डिभाइडरमा ठोक्किएको कारको आधा भाग भवनको पहिलो तलाको झ्यालमा अड्किएको छ । कारमा रहेको दुवैजना सामान्य घाइते मात्रै भएको प्रहरीले जनाएको छ । प्रहरीले सञ्चार माध्यमलाई जनाए अनुसार चालकले लागुऔषध सेवन गरेको पाइएको छ । उनको अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्