ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र देउवापछि बालेन्द्रले भेटे प्रचण्ड


एबीसी / संवाददाता
२१ जेष्ठ २०७९, शनिबार   १० : ०१   बजे

काठमाडौं, २१ जेठ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शनिबार बिहान उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो। भेटका क्रममा स्वतन्त्रबाट निर्वाचित मेयर शाहलाई प्रचण्डले बधाई दिँदै आगामी दिनका कामहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। भेटमा प्रचण्डले काठमाडौंको मेयरका रुपमा स्वतन्त्र उम्मेदवार भएर भएको यो जितले अर्थपूर्ण सन्देश दिएको बताएका थिए। शाहका स्वकीय सचिव भूपदेव शाहले भेटबारे जानकारी दिँदै भने,‘उहाँले सुरुमा तपाईंको जित एकदमै ठूलो जित हो। यसले नयाँ सन्देश दिएको छ। यसले नयाँ अध्याय सुरु गराउन सक्ने संभावना पनि बोकेको छ।’मेयर शाहले राम्रो काम गरेको खण्डमा नेपाली राजनीतिमा अझै धेरै स्पेस रहेको प्रचण्डले उल्लेख गरेका थिए। ‘सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने मेयर बालेन्द्रको सोचप्रति प्रचण्डले खुसी ब्यक्त गरेका थिए। ‘एउटा पार्टीलाई समात्ने र अर्को पार्टीलाई आलोचना गर्ने जुन प्रवृत्ति यसअघि अरुमा देखिएको थियो, त्यसलाई तपाईंले नयाँ तरिकाले सोच्नुभएको रहेछ,’ शाहले भने, ‘सबैलाई सहकार्य गरेर जाने कुरा एकदमै राम्रो लाग्यो। अबको दिनमा पनि यसैगरी सहकार्य गरेर जानुपर्छ। हाम्रो पनि समर्थन रहन्छ।’

काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका बारेमा पनि भेटमा कुराकानी भएको थियो। प्रचण्डले त्यसका लागि आवश्यक सहयोग महानगरपालिकालाई गर्न आफू तयार रहेको बताएका थिए। ‘विशेषगरी सिसडोल र बन्चरेडाँडामा कस्तो खालको सहकार्य चाहिन्छ हामी तयार छौं भन्ने कुराहरु भयो’ शाहले भने। प्रचण्डलाई भेटेका शाहले आफू स्वतन्त्र युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने ध्येयका साथ आएको बताएका थिए। नयाँ युवाहरु नयाँ जोशसहित राजनीतिमा आउनुपर्छ भन्ने भएर आएको बताउँदै प्रचण्डसमक्ष आगामी दिनमा सहयोग गर्नका लागि बालेन्द्रले अनुरोध गरेका थिए। ‘यहाँहरुको सहकार्य चाहिन्छ। म स्वतन्त्र हुँ,’ बालेन्द्रले प्रचण्डलाई भनेका थिए, ‘युवाहरु राजनीतिमा आउनुपर्छ र नयाँ प्रकारको राजनीतिमा आउनुपर्छ भन्ने तरिकाले आएको हुँ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu