ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन र चुनावी तालमेलको पुनर्विचार गर्नुपर्छ : बाबुराम भट्टराई


एबीसी / संवाददाता
२१ जेष्ठ २०७९, शनिबार   ५ : ४५   बजे

काठमाडौं, २१ जेठ ।  विचार नमिल्ने शक्तिहरूबीच चुनावी तालमेल र गठबन्धन गर्दा गतिहीनता र अस्तव्यस्तता आएको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् । चुनावी समीक्षा कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईले पत्रकार भेटघाटमा विचार नमिल्ने शक्तिबीचको गठबन्धन र चुनावी तालमेलको पुनर्विचार गर्नुपर्ने बताएका हुन् । ‘पटक्कै विचार नमिल्ने र विपरीत दिशामा हिँड्ने शक्तिहरू एक ठाउँमा आउँदा गतिहीनता र अस्तव्यस्तता आएको छ, यो पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।

गठबन्धन गर्दा वा चुनावी तालमेल गर्दा वैचारिक रुपमा सापेक्ष ढंगले एकरूपता भएका र निकट भएका शक्तिबीच हुँदा दिगो हुने उनले बताए । ‘जुन शक्तिबीच आधारभूत नीति नै मिल्दैन, आर्थिक, देशको लोकतन्त्रको ढाँचासम्बन्धी नीति नमिल्ने शक्तिहरूबीच एक ठाउँमा बस्यो भने क्षणिक चुनावी लाभ हुन्छ, सरकार त बन्छ तर त्यसले काम गर्न सक्दैन, मेरो संकेत त्यहाँ हो,’ उनले भने ।गठबन्धन संविधानले नै आवश्यक बनाएको भट्टराईको भनाइ छ । मिश्रित निर्वाचन प्रणालीमा कुनै दलको प्रस्ट बहुमत नआउने भएकाले गठबन्धन संविधानले नै आवश्यक बनाएको उनले बताए ।

निर्वाचन प्रणाली बदल्नुपर्ने उनले बताए । त्यस्तै भट्टराईले गठबन्धनमा इमान्दारिता नहुँदा गएको स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताए । ‘हाम्रै संगठनात्मक कमजोरी पनि हो, पालुङटारमा अस्वस्थ अन्तरसंघर्ष कारणले पनि असर गर्‍यो,’ उनले भने, ‘मुख्य कुरो गठबन्धनको धर्मअनुसार एकपटक निर्णय भएपछि जसरी पनि कार्यन्वयन गरिनुपर्थ्यो, त्यो चाहिँ भएन, गठबन्धनको लोकतान्त्रिक मूल्य मान्यताविपरीत भयो, सबैको योगफल स्वरुप अपेक्षित परिणाम प्राप्त भएन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group