काठमाडौं, २ माघ । लिबियाको राजधानी त्रिपोली नजिकै रहेको एक अन्तराष्ट्रिय विमानस्थलमा सरकारी सुरक्षाफौज र लडाकु समुहबिच क्रस फायरिङ हुँदा २० जनाको मृत्यु भएको छ । दोहोरो भिडन्तमा घाइते हुनेको संङख्या ६३ रहेको छ ।
घटनामा परि घाइते हुनेमा कति सर्वसाधारण र कति लडाकु थिए भन्ने पहिचान अझ खुल्न सकेको छैन । घाइतेहरुको संङख्या गम्भिर रहेकोल मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान गरिएको छ ।
जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन लडाकुहरुले विमानस्थलमा आक्रमण गरेपछि दुई पक्षबिच दोहोरो भिडन्त भएको थियो । झडपका क्रममा भएको गोलीबारीमा परी ६ वटा विमान प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्