ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सेनाका प्यासिफिक चार तारे जर्नेल चार्ल्स ए. फ्लिन काठमाडौँमा


एबीसी / संवाददाता
२६ जेष्ठ २०७९, बिहिबार   ३ : २२   बजे

काठमाडौं, २६ जेठ । नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको प्रशान्त क्षेत्र हेर्ने चार तारे जर्नेल चार्ल्स ए. फ्लिन काठमाडौँ आइपुगेका छन्। नेपाल आउनुअघि भारत भ्रमणमा रहेका फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे। तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ। फ्लिनले भोलि सिंहदरवारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ। त्यस्तै उनले भोलिनै सैनिक मुख्यालय जंगी अड्डामा नेपालका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। फ्लिनको सम्मानमा भोलि नेपाली सेनाले आफ्नो मुख्यालयमा गार्डअफ अनर दिने कार्यक्रम छ। त्यस्तै उनलाई भोलि नै नेपाली सेनाको गतिविधिहरू जानकारी गराइने र बिपद् उद्धार लगायतमा नेपाली सेनालाई आवश्यक पर्ने उपकरणहरूको जानकारी गराउँन लागिएको सैनिक स्रोतले जानकारी दिएको छ। उनको सम्मानमा भोलिनै प्रधानसेनापति शर्माले रात्रिभोज समेत आयोजना गरेका छन्।

शनिबार बिहान जर्नेल फ्लिनलाई नेपाली सेनाले हेलिकप्टरमार्फत सगरमाथाको आधार शिविरको भ्रमण गराउँदैछ। फ्लिनसंगै प्रधानसेनापति शर्मापनि माउन्टेन फ्लाइटमा जाने तय भएको नेपाली सेनाका एक अधिकारीले बताए। नाम नबताउँने शर्तमा ती अधिकारीले फ्लिनको भ्रमण दुई देशको सैन्य कुटनीतिमा निकै महत्वपूर्ण रहेकाले नेपाली सेनालाई आवश्यक पर्ने स्काइ ट्रक, सैन्य सामाग्री लगायतको माग गरिने र द्विपक्षीय चासो र हितका विषयमा कुराकानी हुने बताए। फ्लिन नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेजको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ। प्रधानसेनापति प्रभुराम शर्मा केही सातापछि अमेरिका भ्रमणमा जाँदैछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

रसुवा पुग्ने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा मगर फिल्डमै

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै

अस्ट्रेलियाले नेपालमा राहत सामग्री र उद्धार जनशक्ति पठाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu