ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री पद जोगिने भएपछि समाजवादीका मन्त्रीले भने– चुनाव घोषणा गरौँ


एबीसी / संवाददाता
२६ जेष्ठ २०७९, बिहिबार   ८ : ५०   बजे

काठमाडौं, २६ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई संघीय र प्रदेशको चुनावको मिति घोषणा गर्न सुझाव दिएका छन्। श्रममन्त्री कृष्ण श्रेष्ठ किसान र पर्यटनमन्त्री प्रेम आले लगायत मन्त्रीहरुले देउवासँग भेटेरै चुनावी मिति घोषणा गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ।‘प्रधानमन्त्रीको अमेरिका भ्रमणलगत्तै चुनावी मिति घोषणा गर्नुपर्ने विषयमा छलफल भइरहेको छ,’ बालुवाटर स्रोतले भन्यो, ‘चुनाव घोषणा भइसकेपछि मन्त्री फेरबदल हुँदैन। प्रधानमन्त्रीसमक्ष चुनाव छिटो घोषणा गर्न सुझाव दिइएको छ।’ तर तत्कालै भने बजेटमाथि संसदमा छलफल भइरहेको भन्दै मन्त्री फेरबदल गर्न रोकिएको छ। एकीकृत समाजवादीको आइतबार बसेको सचिवालयको बैठकले ४ मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो।

पार्टीको त्यही निर्णयअनुसार मन्त्री बन्ने चारजनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ। तर, समाजवादीका मन्त्रीहरुकै कारण नयाँ मन्त्रीहरुको शपथ भएको छैन।बुधबार मात्रै मन्त्री हुन तम्तयार समाजवादीका सांसद मेटमणि चौधरीले बिहीबार नै आफूहरुले शपथ लिने ग्यारेन्टी रहेको बताएका थिए।

प्रधानमन्त्रीले समय मागेपछि शपथ रोकिएको अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। मन्त्री पद जोगाउने गरी उनीहरुले चुनावको मिति घोषणा गर्न प्रस्ताव गरेका हुन्।स्रोतका अनुसार एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र पनि दबाब छ।

अहिले एकीकृत समाजवादीकै नेताहरुको प्रस्तावमा अन्य पार्टीका मन्त्रीहरुले पनि साथ दिएको स्रोतले जनाएको छ।‘चुनाव घोषणा भएपछि यो सरकार कामचलाउ भएर अहिलेको मन्त्रिमण्डल पनि कायम रहने भनेर अन्य पार्टीका मन्त्री पनि प्रधानमन्त्रीलाई मिति घोषणा गर्नुपर्ने सुझाउन थालेका छन्,’ स्रोतले भन्यो। मन्त्री पद जाने भएपछि पाइपलाइनमा रहेका काम धमाधम हुन हुन थालेका छन्। श्रम मन्त्रालय र पर्यटन मन्त्रालयले काम सुरु गर्न लागेको योजनालाई अघि बढाएका छन्। स्रोतका अनुसार सरकारमा रहेका कांग्रेस, माओवादी केन्द्र र जसपाका मन्त्रीहरु पनि ६ महिनाको लागि मन्त्री फेर्न नहुने पक्षमा उभिन थालेका छन्। मंसिरमा संघ र प्रदेशको दुई चरणमा चुनाव गर्ने तयारी भइसकेको छ।त्यही मिति देखाएर अन्य पार्टीले मन्त्री फेरबदल गर्न नहुने लबिङ गर्न थालेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu