ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र प्रधानसेनापतिको भ्रमण अहिले गर्न नहुनेः देव गुरुङ


एबीसी / संवाददाता
२६ जेष्ठ २०७९, बिहिबार   ८ : ४९   बजे

काठमाडौ, २६ जेठ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री र प्रधानसेनापतिको भ्रमण अहिले गर्न नहुने बताए ।

संसदमा जारी बजेटमाथि छलफलमा भाग लिँदै सांसद गुरुङले अहिले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिका भ्रमण उपयुक्त नहुने बताए।

‘प्रधानसेनापति र प्रधानमन्त्रीको भ्रमण आवश्यक छैन,’ उनले भने, ‘राष्ट्रिय सुरक्षा संवेर्दनशीलतालाई ध्यानमा राखेर भिजिट स्थगित गर्न आग्रह गर्दछु।’

दौत्य सम्बन्धका आधारमा मित्र राष्ट्रमा औपचारिक भिजिटहरु हुनसक्ने भए पनि तर अहिले अत्यन्तै संवेदनशील अवस्था रहेको उनको भनाइ छ। ‘अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको छ। हामीले शान्तिपूर्ण नीतिमा जानुपर्नेछ,’ उनले भने।

उनले भ्रमण स्थगित गर्न पुनस् आग्रह गर्दै भने, ‘पहिलो कुरा भिजिट गर्नै हुँदैन। भिजिट भयो भने पनि स्टेट स्ट्राटेजी पार्टनरसिप ९एसपीपी० लगायत कुनै सम्झौता हुनुहुँदैन।’

एसपीपी सम्झौतामा अमेरिकाले दबाब दिइरहेको भन्दै नेता गुरुङले कुनै पनि सम्झौता गर्दा सर्वपक्षीय र राष्ट्रिय सहमतिबाट मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए।

अमेरिकाले नेतृत्व गरेका सबै समूह र सम्झौता फौजी रणनीतिअनुसार गइरहेकाले नेपाल जोगिनुपर्ने उनको भनाइ थियो। ‘नेपाल शान्तिको नीतिमा जानुपर्छ। नेपालको सुरक्षा रणनीति र राष्ट्रिय सुरक्षालाई रक्षा मन्त्रालयले ध्यानमा राख्नुपर्नेछ। शान्तिलाई केन्द्रमा राखेर रक्षा र सैन्य कुटनीति सञ्चालन गर्नुपर्छ,’ उनले भने।

नेता गुरुङले एमसीसी सम्झौतामा भएको व्याख्यात्मक अमेरिकाले स्वीकारेको हो कि होइन भनि प्रश्न गरे। १२ बुँदे घोषणामा अझै अमेरिकाबाट जवाफ नआएको भन्दै उनले सोधे, ‘१२ बुँदे प्रस्ताव अमेरिकालाई स्वीकार्य हो कि हैनरु यसमा लिखित प्रतिबद्धता आवश्यक छ। प्रतिबद्धता आएन भने यो कार्यान्वयनमा जान सक्दैन।’

उनले अमेरिकी प्रतिबद्धताबिना एमसीसी अगाडि बढाइए संसदको अवमूल्यन हुने र नेपाल दोस्रो युक्रने बन्न सक्ने चेतावनीसमेत दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu