ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेता नेपाले भने – गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यकता छ


एबीसी / संवाददाता
१० असार २०७९, शुक्रबार   ९ : ०४   बजे

काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई आगमी प्रदेश र प्रनिनिधिसभा चुनावसम्म राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा नेपालले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन् ।

‘वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भए तापनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर गठबन्धनमा रही सहकार्य गरिरहेका छन्,’ नेपालले पेस गरेको प्रतिवेदनमा उल्लेख छ, ‘यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि केही महिनापछि हने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यकता छ ।’

संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरुबीच सहकार्य गनुपर्छ भन्ने आफूहरुको मान्यता भएको नेपालको भनाइ छ । ‘संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ,’ प्रतिवेदनमा भनिएको छ।

मुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित भएको विश्लेषण गर्दै प्रतिवेदनमा नेपालले ओली दाक्षणपन्थी अवसरवादी धार प्रवृत्तिको मूल बाहक भएको आरोप लगाएका छन् ।

‘मुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित छ,’ प्रतिवेदनमा भनिएको छ, ‘एउटा स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दाक्षणपन्थी अवसरवादी धार र अर्को, पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरे अनुरूप मुलुकलाई समाजवादको दिशामा अगाडि बढा चाहने वाम–लोकतान्त्रिक धार । अघिल्लो प्रवृत्तिको मूल बाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu