ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली क्रिकेट विकासका लागि सधैँ सहयोग गर्ने आईसीसी तयार


एबीसी / संवाददाता
११ असार २०७९, शनिबार   ८ : ०१   बजे

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधैँ सहयोग गर्न तयार रहेको बताएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण पूर्ण रूपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ । यस बारे शनिबार आईसीसीका प्रतिनिधिले नेपालमाथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएको हो ।

आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपालले पूरा गर्नुपर्ने सबै प्रावधान चरणबद्ध तरिकाले पूरा गरेको भन्दै फुकुवा भएको बताए । साथै सरकारी स्तरबाट पनि नेपाली क्रिकेटमा टट्कारोको रूपमा रहेको भौतिक पूर्वाधारका लागि सरकारले चासो देखाएको इमरान ख्वाजा सकारात्मक देखिएका थिए । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो ।

क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन २०१६ अप्रिलमा निलम्बन गरेको थियो । यद्यपि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएको थियो ।२०७६ असोजमा सम्पन्न विशेष साधारण सभामार्फ चतुरबहादुर चन्द नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । त्यसपश्चात आईसीसीले क्यानमाथि लगाएको निलम्बन सर्त राख्दै फुकूवा गरेको थियो ।आईसीसीले क्यानको आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले आर्थिक मामिलामा आईसीसीको भर पर्नुपर्ने अवस्था नेपाली क्रिकेटमा थियो । अब अब भने आर्थिक गतिविधिसहितको सबै निलम्बन हटेको र क्यानले आफ्नो योजना स्वतन्त तरिकाले अगाडि बढाउन पाउने नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

नेपाली क्रिकेट संघमाथिको निलम्बन फुकुवा देखि नै संघको निर्वाचित कार्यसमितिले आईसिसीको सम्पूर्ण मापदण्डहरूलाई क्रमश पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनकाे आधार बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group