ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थप तीनजनामा हैजा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या १२ पुगे, दैनिक झाडापखालाका २५० बिरामी


एबीसी / संवाददाता
१३ असार २०७९, सोमबार   ९ : ४८   बजे

काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा आइतबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या १२ पुगेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डा। चुमनलाल दासका अनुसार पाटन र स्टार अस्पतालमा उपचार गराइरहेका क्रमशः दुई र एकजनामा हैजा पुष्टि भएको हो।

यसअघि नौजनामा हैजा पुष्टि भएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा हालसम्म ६ जना हैजा संक्रमितलाई भर्ना गरिएको छ। भर्ना भएकामध्ये चारजना डिस्चार्ज भएका छन् भने दुईजनाको उपचार भइरहेको छ। बालाजुका एक पुरुष र चन्द्रागिरिकी एक महिलाको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए। बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ, बल्खु, बालाजु, नैकाप, कपन, सानेपाबाट झडापखालाको उपचार गर्न अस्पताल पुगेकामध्ये १२ जनामा हैजाको जीवाणु पाइएको हो। सिन्धुपाल्चोकबाट उपचार गराउन आएका एकजनामा पनि हैजाको जीवाणु पाइएको छ।

हैजा पुष्टि भएकामध्ये केहीले धाराको पानी नउमालीकन पिउने गरेको र केहीले जारको पानी पिउने गरेको बताएको उपचारमा संलग्न सरुवा रोग अस्पतालका चिकित्सक डा. किजन महर्जनले बताए। झाडापखाला प्रभावितले प्रयोग गरिरहेको जार र धाराको पानीको नमुना परीक्षण गर्दा दुवैमा हैजा गराउने जीवाणु इकोलाई भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए। प्रभावितहरूको व्यक्तिगत सफाइ सामान्य रहे पनि पानीको स्रोतबाटै झाडापखाला फैलिरहेको पाइएको अधिकारीको भनाइ छ।

हैजा संक्रमितमध्ये धेरै घर निर्माण र फर्निचर उद्योगमा काम गर्नेहरू छन्। उपत्यकामा झाडापखालाका बिरामीको तथ्यांक संकलन गर्ने कार्य भइरहेको र दैनिक २ सय ५० भन्दा बढी बिरामी उपचारका लागि विभिन्न अस्पताल पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। अस्पताल नपुगी घरैमा उपचार गर्नेको संख्या उपत्यकामा योभन्दा बढी हुन सक्ने अनुमान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख अधिकारीको अनुमान छ। प्रमुख अधिकारीका अनुसार पानीको स्रोत दूषित भएकै कारण पानीजन्य रोगहरूको संक्रमण बढिरहेको पाइएको छ। उपत्यकामा बर्खामा झाडापखालासहित पानीजन्य अन्य रोगको जोखिम हुने भएकाले सबै नागरिकलाई सचेत हुन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu