काठमाडौँ, १३ असार । काठमाण्डौ उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सोमवारको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो ।
तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरू काठमाण्डौ महानगरपालिका २८ बागबजारमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्