ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार पाटा मुडियोस् भन्नेहरू कता छन् ? – झलनाथ खनाल


एबीसी / संवाददाता
१३ असार २०७९, सोमबार   ६ : १४   बजे

काठमाडौ., १३ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अस्वीकार गरेर नेपालका पहाडमा अमेरिकी सेना परेड खेल्नबाट रोकिएको बताएका छन्।उनले एसपिपी लागू नगर्न सरकारले अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेकोमा नेताहरूलाई धन्यबाद पनि दिए।आज ललितपुरमा आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसिसी र एसपिपी अध्ययनका लागि माग गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नदिएको बताए।

‘एमसिसी पारित नगरौं भनेको पारित गरे। हाम्रा कयौं नेताको हालत सुतुरमुर्गको जस्तो देखियो,’ उनले भने, ‘माफ पाउँ है कसैलाई अप्ठ्यारो पर्‍यो भने। म आफ्ना कुरा प्रष्ट राख्दछु। एमसिसीसँगै त्यही बेलामा एसपिपी आएको थियो।’यही प्रसंगमा खनालले नेपालमा सेना आए चार पाटा मुडियोस् भन्नेहरू कता छन् भनेर प्रश्न गरेका थिए।

एमसिसी संसदमा छलफल हुँदा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले एमसिसी पारित गर्दा नेपालमा अमेरिकी सेना आए आफूलाई चारपाटा मुडेर थानकोट कटाइयोस् भनेका थिए।थापाको नाम नलिई थापाकै उक्त भनाइप्रति लक्षित गर्दै खनालले भने, ‘कतिपयले मलाई चारपाटा मुडेर काठमाडौं बाहिर निकाल्नु अमेरिकी सेना आयो भने भनेका थिए। आज ती चारपाटा मुडियोस् भन्नेहरू कहाँ छन्। यसबारे मैले संसदमा सोध्न बाँकी नै छ। एसपिपी लगायत डकुमेन्टले अमेरिकी सेना आउने देखियो कि देखिएन ?’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu