ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस नेता चन्द्र भण्डारी भने – देउवाले पार्टीको नेतृत्व गर्न सक्नुभएन


एबीसी / संवाददाता
१६ असार २०७९, बिहिबार   ८ : ३६   बजे

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ । बिहीवार नेपाली काँग्रेसका नेता शेखर कोईराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको हो । उहाँले सभापति देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको बताउनु भयो । अन्य पार्टीले मन्त्रीपरिषद् हेरफेर गरेपनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्न समेत नसकेको उहाँले आरोप लगाउनु भयो ।

उहाँले देउवा सत्तामा जाने राजनीतिका लागि सफल व्यक्ति भएको बताउनु भयो । नेता भण्डारीले सभापति देउवाले गुटको प्रतिनिधित्व नगरी सिंगो पार्टीको प्रतिनिधित्व गर्नुपर्ने उहाँको भनाई छ । उहाँले नेता शेखर कोईराला पक्षीय नेताहरुको भेला गुटको भेला नभई विचारको भेला भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो गुटको भेला होइन विचारको भेला हो । हाम्रो पार्टीले छ महिनाको विधान अनुसार पनि काम गर्न नसक्ने, नीति अधिवेशन गर्ने हाम्रो प्रावधान छ । त्यो पनि गर्न नसक्ने । सबैले सरकार पुनर्गठन गर्छन् त्यसको बारेमा पनि कुनै आवाज उठाउन नसक्ने ।

सिंगो पार्टीको पनि नेतृत्व गर्न नसक्ने भइसकेपछि केही कुरा छलफल हुन्छ । सबै कुरालाई गुटको रुपमा हेर्नु हुँदैन । विचारको रुपले पनि हेर्नुपर्छ । उहाँले पार्टीभित्र, नेपाली काँग्रेसका सभापति सत्तामा जाने राजनीतिको लागि सफल व्यक्तिले गुटको प्रतिनिधित्व नगरेर सिंगो पार्टीको प्रतिनिधित्व गर्दै मुलुकको प्रतिनिधित्व गर्नुस् भन्ने हाम्रो दृष्टिकोण हो । तर उहाँले जुन केन्द्रिय समिति बनाउनुभएको छ, उहाँले जुन भातृ संस्थाहरु बुझाउनु भएको छ । मैले उहाँलाई स्मरण मात्र गराउन चाहन्छु, नेविसंघ गठन गर्न सुशील कोईरालाले आफ्नो व्यक्ति राख्यो भनेर उहाँले नौ महिनासम्म केन्द्रिय समितिको मिटिङ गर्न नदिएको कुराप्रति पनि उहाँले आफूले पनि सम्झिनुपर्छ भन्ने कुरा म यति मात्रै राख्न चाहन्छु ।’नेपाली काँग्रेसका नेता कोईराला पक्षीय नेताहरुको भेला बत्तिसपुतलीस्थित एक फुडल्याण्डमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu