ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केयूकेएल र ट्याङ्करको पानीमा हैजाको जीवाणु, जार र बोतलका पानी पनि उमालेर मात्रै पिउन सुझाव


एबीसी / संवाददाता
१७ असार २०७९, शुक्रबार   ८ : २४   बजे

 

काठमाडौं, १७ असार । काठमाण्डौ उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गरेको थियो ।

परीक्षणमा खानेपानी सिधै पिउनयोग्य नरहेको भेटिएको हो । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ ।नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले आज पनि अनुगमन गर्दैछ । विशेषगरी जारको पानीलाई लक्षित गरी अनुगमन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड अनुसार जारको पानी वितरण भए नभएको समेत अनुगमन गरिने वाणिज्य विभागका निर्देशक हरि पङ्गेनीले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार अनुगमनका क्रममा पानीको जार पुनः प्रयोग हुँदा राम्ररी सफा नगरिएका कारण जीवाणु भएको अनुमान गरिएको छ । कतिपयले खोलाको पानी भरेर सिधै वितरण गर्न ल्याएको पनि भेटिएको उहाँले बताउनुभयो।

पिउन अयोग्य पानी बिक्री गरिरहेको पाइएकाले यस्ता व्यवसायीलाई कारबाही गर्ने पनि उहाँले बताउनु भएको छ । स्वास्थ्य विज्ञले यस अघि नै काठमाडौंमा भित्रभित्रै हैजा फैलिएको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए ।

काठमाण्डौमा गएको २ गते पहिलो पटक बागबजारका दुई दिदीबहिनीमा हैजा पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म उपत्यकामा १४ जनालाई हैजा पुष्टि भइसकेको छ । बेलैमा सावधानी नअपनाए अवस्था भयावह बन्ने विज्ञले चेतावनी दिएका छन् ।
केयूकेयल र ट्याङ्करले वितरण गर्ने पानीमै हैजाको जीवाणु भेटिएपछि जोखिम र चुनौती झन् बढेको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउनुहुन्छ । उपत्यकामा हैजा फैलने जोखिम उच्च रहेकाले यसको रोकथामका लागि पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन तथा स्वथ्य खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । उहाँले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group