ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपालिकामा विसंगति छन्, शुद्धीकरण गरेर लैजान सक्छौँ : कामु प्रधानन्यायाधीश कार्की


एबीसी / संवाददाता
१७ असार २०७९, शुक्रबार   ३ : ०८   बजे

काठमाडौं, १७ असार । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भनेर हुने चर्चा गलत भएको बताएका छन् । उनले न्यायपालिकामा देखिएका समस्याहरूको निदानका लागि सबैले पहल गरेर न्यायलयलाई शुद्धीकरण गरेर अघि बढ्न सकिने अवस्थामै रहेको बताए ।

नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायलय सुधारका लागि कानुनका विद्यार्थीहरूलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनुपर्ने बताए ।‘न्यायपालिकामा समस्या छ, अब न्यायालयले कामै गर्न सक्दैन भन्ने कुरा आइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन ।

न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भन्ने होइन, उनले भने, ‘न्यायपालिकामा पक्कै पनि विसंगतिहरू छन्, तर हामी त्यसलाई सच्याएर अघि बढ्न तयार हुनुपर्दछ । हामी सबैको होस्टेमा हैसे भएमा हामीले न्यायालयलाई शुद्धीकरण गरेर लैजान सक्छौँ ।’उनले काुननको प्राध्यापनका लागि अलग्गै विश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘न्यायालय सुधारका लागि विश्वविद्यालयको पनि भूमिका हुन्छ । हामीले कानुनका विद्यार्थीलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनु राम्रो हुन्छ । यस्तो विषयलाई पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ,’ उनले भने, ‘विकृति र विसंगतिको निदानका लागि हामी सबै एकताबद्ध भएर अघि बढ्यौ भने हामीले समाधान गर्न सक्छौँ । यसका लागि म सबैलाई आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu