काठमाडौं, ४ माघ । जिल्ला प्रशासन कार्यालयले धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाएको छ । धनकुटालाई प्रदेश नं। १ को राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकल तोडफोड गर्न थालेपछि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
बुधबार सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटामा ३४ दिनदेखि जारी आन्दोलन झनै उग्र बनेको हो ।
प्रहरी र आन्दोलनको झडपमा परी ३ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्