ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीको सुरक्षा केन्द्र मातहत राख्नेमा कांग्रेस र एमाले एकमत


एबीसी / संवाददाता
२१ असार २०७९, मंगलबार   १ : ३१   बजे

काठमाडौं, २१ असार । राजधानी उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र सरकार मातहत राख्नुपर्नेमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकमत देखिएका छन् । तर नेकपा माओवादी केन्द्रले भने यो व्यवस्था राख्न नहुने धारणा राखेको छ ।मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा सांसदहरुले राजधानी उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने वा प्रदेश सरकार मातहत राख्ने भन्ने विषयमा धारणा राखिरहेका छन् ।

संविधान अनुसार शान्ति सुरक्षाको अधिकार प्रदेश सरकारलाई रहेकाले राजधानीको सुरक्षा प्रदेश सरकार मातहत नै राख्ने वा केन्द्र सरकार मातहत राख्ने भन्ने विवाद छ ।नेपाली कांग्रेसका नेता तथा पूर्वगृह राज्यमन्त्री देवेन्द्र राज कँडेलले सुरक्षा संवेदनशीलताका कारण राजधानीको सुरक्षाको जिम्मा केन्द्र सरकार मातहत राख्नुपर्ने धारणा राखे । अन्तर्राष्ट्रिय व्यक्तित्वको आवतजावत पनि हुने हुनाले राजधानीको सुरक्षा संवेदनशील हुने उहाँको भनाइ छ ।
कांग्रेस नेता डिला संग्रौलाले सुरक्षा संवेदनशीलताको विषयलाई संघीयतासँग जोडेर हेर्न नमिल्ने बताउनुभयो।

‘काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षाको जिम्मा संघले राख्ने भनेको ठीक छ । राष्ट्रियताजस्तो विषयलाई संघीयतासंग जोडेर हुदैन’ उहाँले भन्नुभयो । कांग्रेस नेता अमरेशकुमार सिंहले केन्द्रको सुरक्षा प्रदेश मातहत हुनै नसक्ने दावी गर्नुभयो । नेकपा एमालेका नेता लालबाबु पण्डितले उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्नु नै उचित हुने बताउनुभयो । ‘अन्तर्राष्ट्रिय अनुभव र हाम्रो आवश्यकताका कारण उपत्यकाको सुरक्षा केन्द्र मातहत नै राख्नु ठीक छ’ उहाँले भन्नुभयो । नेकपा एमालेका नेता खगराज अधिकारीले पनि राजधानीको सुरक्षा केन्द्रीय सरकार मातहत राख्नु उचित हुने बताउनुभयो । नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले प्रहरी विधेयकमा पनि केन्द्रीकृत मानसिकता देखिएको बताउनुभयो । ‘संघीयता कार्यान्वयन पानी चुटेजस्तो भएको अनुभूति हुँदै गएको छ ।

तीन तह क्रियाशील बनाउने तर पावरफुल बनाउने भन्दा केन्द्रीकृत मानसिकता हावी हुँदै गएको छ । प्रदेश प्रहरीको अधिकार केन्द्र प्रहरीमा ल्याउने कुरा पनि यही हो’ उहाँले भन्नुभयो । संघीय राजधानीको सुरक्षामा चासो राख्नुलाई अन्यथा लिन नसकिने भए पनि उपत्यकाको सुरक्षाबाट प्रदेश प्रहरीलाई हटाउनु उचित नहुने उहाँको भनाइ छ । ‘उपत्यकाको सुरक्षा नेपाल प्रहरी मातहत राख्ने र प्रदेश प्रहरीलाई हटाउने कुरामा तादम्यता मिल्दैन’ गुरुङले भन्नुभयो । उहाँले बरु राजधानीलाई केन्द्र शासित राज्य बनाउने विषयमा दलीय सहमति जुटाउन आग्रह गर्नुभयो । माओवादी केन्द्रकी अर्की सांसद अमृता थापाले उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्नु संविधान र संघीयताको मर्म अनुसार नहुने बताउनुभयो । ‘विधेयक अनुसार गयौं भने प्रदेश प्रहरीसंग कुनै पनि समन्वय नहुने देखियो । तीनवटा जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर० मा प्रदेश प्रहरीको शाखा नै नरहने भयो । यो संविधान र संघीयता विपरीत छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu