ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का


एबीसी / संवाददाता
२२ असार २०७९, बुधबार   ८ : ५०   बजे

काठमाडौं, २२ असार ।सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले संसदीय छानबिन समिति बनाउन ढिला नगर्न आग्रह गरेका छन्।उनले आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

‘बजेट निर्माणका बेलाका विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ,’ खड्काले भने।यस्ता विषय उठ्दा विगतमा पनि संसदीय छानबिन गर्ने परम्परा रहेको खड्काले बताए।

‘बरू ढिला नगरौं, संसदबाट आजै संसदीय छानबिन समिति निर्माणको टुंगो लगाऔं,’ उनले भने।अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको आरोप छ।यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। अर्थमन्त्रीले राजीनामा स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले अर्थमन्त्रीबाट हटाउनुपर्ने थापाको भनाइ थियो।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अर्थमन्त्रीबारे संसदीय छानबिन समिति गठन गरेर छानबिन गरिनुपर्ने माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu