ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी


एबीसी / संवाददाता
२२ असार २०७९, बुधबार   ८ : २०   बजे

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। आधा घण्टादेखि ४५ मिनेटसम्म बीचमै रोकिएपछि इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्‍याइएको थियो। भ्रमणका लागि निस्किएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परिवार पनि केहीबेर केबलकारमै अड्किएका थिए। त्यतिबेला १४० जना केबलकारमा फसेका थिए।चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा पुगेका अझै १५० जना पर्यटकको उद्दार गर्न बाँकी रहेको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।अझै डेढ सय मानिसहरू माथि बाँकी हुनुहुन्छ, उनले भने।

अहिलेसम्म प्रहरीले दुई सय जनालाई माथिबाट पैदल हिँडाएर तल ल्याएको बताएको छ। प्रहरीले स्कर्टिङ गर्दै उनीहरूको उद्दार गरिरहेको हो। प्रहरीले माथिबाट हिँडाएर ल्याइरहेको छ,’ उनले भने,‘हामी १५० जनाभन्दा बढी प्रहरीहरू खटिएका छौं। पैदल हिँडाउँदा बाटोमा केही हुनसक्ने डरले हामी खटिएका छौं।अहिले उद्दार गर्नको लागि प्रहरी वृत्त थानकोटका डिएसपी, प्रहरी वृत्त कीर्तिपुरका डिएसपी, प्रहरी वृत्त नागार्जुनका निरीक्षक, प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक, नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोली खटिएर उद्दार गर्ने काम भइरहेको छ। यस घटनाबारे  चन्द्रागिरिका जनरल म्यानेजर सञ्जीव थापाले ‘टेक्निकल फल्ट’का कारण केहीबेरमात्रै अड्किएको बताएका थिए। उनले केबलकार १५ मिनेटमात्रै अड्किएको बताएका थिए।

‘टेक्निकल फल्ट भएर एकैछिन होल्ड भएको हो। कहिलेकाहीँ देखाउँछ नि त्यस्तै। टावरहरूमा समस्या देखाउँदा अटोमेटिक रोकिन्छ। त्यो समस्या थाहा पाएपछि चलिहाल्छ,’ उनले भने, ‘मानिसहरू फसेका होइनन्। १०(१५ मिनेट समस्या डिटेक्ट गर्नलाई टाइम लाग्यो। त्यसपछि इमर्जेन्सी मोड हुन्छ। त्यसमा गएपछि मान्छेहरू फस्ने कुरै हुन्न।’उनका अनुसार केबरकारमा कुनै पनि समस्या देखिएमा आफैं नै रोकिने गर्छ।‘कुनै पनि फल्ट देखियो भने केबलकार अटोमेटिक रोकिन्छ। टेक्निकल कुरा हो। सुरक्षाको हिसाबले पनि समस्या देखियो भने रोकिनु राम्रै हो,’ उनले भने, ‘सिस्टम नै यस्तो छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu