ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्दैछ भन्ने सुन्दैछु : रावल


एबीसी / संवाददाता
२३ असार २०७९, बिहिबार   १० : ५२   बजे

 

काठमाडौं, २३ असार ।  नेकपा एमालेका सांसद डा। भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम ९एसपीपी० मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाउनुभएको छ ।

आज बिहीवार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा सांसद रावलले यस्तो बताउनुभएको हो । उहाँले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एसपीपी हिन्द प्रशान्त रणनीतिको अङ्ग भएको हुनाले यसको सदस्य नेपाल हुन सक्दैन । यो कार्यक्रमलाई अघि बढाउन सकिँदैन भनेर स्वयम् मन्त्रीहरू, पार्टीका नेताहरूले भनिरहेका छन् । तर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको यतिको दिन भइसक्यो, सदनमा गृहमन्त्रीले अघि नबढाउने भनेको यति दिन भइसक्यो तर प्रधानमन्त्री शेरबहादुर देउवाजीले यत्तिका दिनसम्म के कारणले नेपाल एसपीपीको सदस्य बन्दैन भन्ने पत्र किन नपठाउनुभएको ? यो विषय अत्यन्त गम्भीर छ । बाहिर अघि नबढाउने भन्ने तर भित्रभित्रै कुनै एउटा बाटो खोजेर नेपाललाई शक्तिराष्ट्रको द्वन्द्वमा धकेल्नका लागि त्यो साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने भन्ने चलखेल भइरहेको छ भन्ने सुन्नमा आएको छ ।’

सांसद रावलले नेपालको परराष्ट्र नीति, नेपालको संविधान बमोजिम नेपाल कुनै पनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथिको घात हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group