ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसलाई हराउने दुस्साहस राख्नेलाई युद्ध मैदानमा स्वागत गर्न तयार छौँ : पुटिन


एबीसी / संवाददाता
२४ असार २०७९, शुक्रबार   १० : २१   बजे

काठमाडौं, २४ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशको उक्साहटमा लागेर युक्रेनले आफ्नै अस्तित्व खतरामा पारिरहेको बताउनुभएको छ । इन्डोनेसियामा सुरु भएको जी-२० का देशहरुको सम्मेलनकै समयमा मस्कोमा सांसदहरुको भेलालाई सम्बोधन गर्दै पुटिनले युरोपेली देश र अमेरिका लगायतका देशको उक्साहटकै कारण युक्रेनले आफ्नो अस्तित्व गुमाउँदै गएको र आउँदा दिन झनै दुस्खदायी हुने पनि चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एकजना मान्छे मात्रै रहँदासम्म पनि पछि नहट्ने बताएको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनले यस्तो जिद्दी युक्रेनी नागरिकको लागि त्रासदीपूर्ण भएको पनि बताउनुभएको छ । सम्बोधनका क्रममा पश्चिमा देशप्रति आक्रामक देखिएका पुटिनले यदि कसैले रुसलाई हराउने दुस्साहस राख्छ भने उसलाई युद्धको मैदानमा स्वागत गर्न तयार रहेको पनि बताउनुभएको छ ।

गएको फेब्रुअरी अन्तिमदेखि रुसले युक्रेनमा आक्रमण थालेपछि पश्चिमा देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउनुका साथै युक्रेनलाई आर्थिक तथा सैन्य सामग्री सहयोग गरिरहेका छन् । तर पनि रुसले युक्रेनका थुप्रै महत्त्वपूर्ण क्षेत्र कब्जामा लिइसकेको छ । रुसले अहिले पूर्वी युक्रेनको खार्किभ लगायतका क्षेत्रमा आक्रमण तीव्र पारेको छ ।

इन्डोनेसियामा सुरु भएको जी(२० देशका नेताहरुको बैठकमा रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ पनि सहभागी हुनुभएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशले रुससँग कुटनीतिक वार्ता नगरेको अवस्थामा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, बेलायत लगायतका देशका विदेशमन्त्रीसहितको जी(२० को सम्मेलनलाई महत्त्वकासाथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group