ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नर्सहरुको आन्दोलन स्थगित


एबीसी न्यूज
५ माघ २०७४, शुक्रबार   ८ : ०४   बजे

काठमाडौँ, ४ माघ । सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन आजबाट स्थगित भएको छ ।
स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घण्टा चलेको वार्तामा संघले अघि सारेका सबै माग पुरा गर्न मन्त्रालय सहमत भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषद्का अध्यक्ष जानकी केसीले जानकारी दिनुभयो ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका दुई जना नर्सलाई तीन महिनासम्मका लागि पुनःबहाली गर्ने, उनीहरुलाई साउनयता तलबको ७५ प्रतिशत रकम दिने र अर्की एक नर्सलाई करारमा नियुक्ति गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा नेपाल नर्सिङ संघका तर्फबाट कार्यवाहक अध्यक्ष गंगा थापासहित मन्त्रालयले बुधबार वार्ता समिति बनाएको थियो ।

सबै किसिमका विद्यालयमा नर्सिङ कर्मचारी राख्ने एवं उद्योगमा नर्स÷स्वास्थ्यकर्मी राख्ने गरी हाल तर्जुमा भइरहेको राष्ट्रिय स्वास्थ्य नीतिमा समाबेस गर्ने, दुर्गम क्षेत्रमा काम गर्ने नर्सलाई स्वास्थ्य संस्थाको परिसर÷नजिकमा सुरक्षित आवास निर्माण÷मर्मतसम्भार÷भाडा गरी व्यवस्था गर्न सिफारिश गर्ने सहमति बनेको छ ।

यसैगरी दुर्गममा काम गर्ने नर्सको अध्ययन बिदासहितको प्रमाणपत्रदेखि नै उच्च शिक्षा अध्ययनका लागि कोटा निर्धारण गर्न, भौगोलिक वर्गीकरणलाई पुनरावलोकन गरी वैज्ञानिक बनाउन र वर्गीकरणका आधारमा ५० प्रतिशतदेखि २०० प्रतिशतसम्म हुनेगरी कर्मचारीलाई दुर्गम भत्ता उपलब्ध गराउन सिफारिश गर्ने सहमति भएको जनाएको छ ।

नर्सहरुको सेवा सुविधा र वृत्तिविकास मापदण्डको कार्यसम्पादन मुल्यकांनमा भौगोलिक अंकको आधारलाई वस्तुगत र वृत्तिविकास अनुकुल हुनेगरी पुनरावलोकन गरेर संघीयताको सन्दर्भमा भइरहेका कानून तर्जुमा\संशोधनमा समावेश गर्न तुरुन्त सिफारिस गर्ने र यसका सम्बन्धमा नेपाल नर्सिङ संघले स्वास्थ्य मन्त्रालयमा ३ दिन भित्र सुझाब पेश गर्ने सहमति पनि भएको छ ।

संघले नर्सिङ सेवा महाशाखा पुर्नस्थापना, सरकारले तोके अनुसार नर्स बिरामीको अनुपात लागू हुनुपर्ने, निजी अस्पतालमा पनि सरकारी सरह न्यूनतम तलवभत्ता हुनुपर्ने, स्वंयसेविकाका नाममा भएको नर्सको श्रकशोषण बन्द गर्नुपर्ने, विद्यालय र उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पु¥याउनु पर्ने, दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने र श्रम ऐन लागू गर्नुपर्ने लगायतका माग राखेर विगत नौ नौ दिनदेखि चरणवद्ध आन्दोलन गरिराखेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा डाइभर्सन बनाउँदै गर्दा माथिल्लो भिरमा पहिरोको जोखिम

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अझै अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Tourism Sector Faces Challenges After Devastating Floods

Fear of Missing Out: How Social Media Shapes Young People’s Lives

Storm Creates Dangerous Surf Conditions at Southern California Beaches

Parents Sue Mental Health Facility Over San Diego Mosque Shooting

Trump Administration Petitions Supreme Court for Mail Ballot Restrictions

बार्सिलोनाको विजयी यात्रा कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu