ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदिरा प्रतिबन्धको विरुद्धमा उत्रिए श्रीलङ्काली महिला


एबीसी न्यूज
५ माघ २०७४, शुक्रबार   ८ : १७   बजे

कोलम्बो, ५ माघ । महिलाहरुलाई पनि मदिरा उपयोग गर्न अनुमति दिने निर्णय खारेज गर्न लागेकोमा श्रीलङ्काका महिलाले विरोध जनाएका छन् ।

उनीहरुले महिलाको आधारभूत अधिकार हनन हुनेगरी सरकारले निर्णय उल्ट्याउन लागेको भन्दै सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेका यहाँको राज्य संचालित सञ्चार माध्ययमले बिहीबार जनाएको छ ।


केही दिन अगाडी अर्थ मन्त्रालयले गरेको निर्णयलाई खारेज गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि महिलाले मदिरा प्रतिबन्धको निर्णय खारेजका लागि अदालतमा चुनौती दिएका हुन् ।

श्रीलङ्काको सरकारले केहीदिन अगाडी महिलाले मदिरा पसलमा काम गर्न वा मदिरा उपयोग गर्न पाउने व्यवस्था गर्ने जनाएको थियो ।

प्रतिबन्ध फुकुवा गर्ने निर्णय खारेज गर्न सरकारले गरेको तयारीका विरुद्धमा लोकप्रिय अभिनेतृ समानालि फोन्सेकालगायतका महिलाहरुले सरकारलाई चुनौती दिएका छन् ।

उनीहरुले सरकारको यो कदमलाई देशका महिलाका लागि निष्ठुर, अव्यवहारिक, अवैज्ञानिक, पुरातनवादी र विभेदकारी कदमको संज्ञा दिएका छन् ।
सरकारले केहीदिन पहिलो महिलाहरूले अब लाइसेन्सप्राप्त मदिरालय वा रेस्टुरामा काम गर्न वा मदिरा पिउन कसैको अनुमति लिनुनपर्ने निर्णय गरेको थियो ।

अर्थमन्त्रीले महिलाहरुलाई पनि मदिरा प्रयोग तथा बेचविखन गर्न खुल्ला गरिएको घोषणा गरेपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले खारेज गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति सिरिसेनाले सन् २०१६ मा पनि पछिल्ला वर्षहरुमा देशमा रक्सी सेवन गर्ने महिलाहरुको संख्या नाटकीय रूपमा बढेको बताउनु भएको थियो ।

६० वर्षभन्दा बढी समयपछि पहिलो पटक १८ वर्ष उमेर नाघेका महिलाहरूलाई मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरेको अर्थमन्त्रीले घोषणा गर्नु भएको थियो ।

महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को एउटा कानुनमा संशोधन गर्ने तयारी गरेको थियो ।

अर्थ मन्त्रालयले स्थानीय समय अनुसार बेलुका ११ बजेसम्म मदिरा पसल खोल्न पाइने व्यवस्था गरिने बताउनु भएको थियो ।

सरकारको यो निर्णयप्रति धेरैले सकारात्मक प्रतिक्रिया दिएपनि कतिपयले भने यस निर्णयका कारण महिलाहरू रक्सीको लतमा फस्नसक्ने चिन्ता व्यक्त गरेका छन् । श्रीलंकामा बहुसंख्यक महिलाहरू मदिरालाई आफ्नो संस्कृतिको विपरीत ठान्छन् ।

अर्थमन्त्रीले कानून परिमार्जनको घोषणालाई सामाजिक सञ्जालमा धेरैले स्वागत गरेका छन् र सरकारलाई त्यसका लागि धन्यवाद पनि दिएका छन् । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

सम्बन्धित

किशनगढको ‘सेतो मरुभूमि’ : सङ्गमरमरको फोहोर पर्यटकीय गन्तव्य बन्दै

अमेरिका–इरान वार्ता अहिलेसम्मकै बलियो चरणमा : जारेड कुसनर

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसी नेतालाई ११ वर्ष जेल

अमेरिका–इरानको ६० दिने शान्ति सम्झौता सकियो, ट्रम्पको अडान भने नरम

लाल सागरमा साउदी सैन्य जहाजसहित पाँच जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

मोदीलाई केजरीवालको जवाफ : ‘हो, म दिमागी नक्सल हुँ, किनकि म देशभक्त हुँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu