ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुण्डागर्दी शैलीमा बिर्तामोड नगर अस्पताल कब्जा लिएर तालाबन्दी


एबीसी / संवाददाता
४ श्रावण २०७९, बुधबार   १२ : ०५   बजे

झापा, ४ साउन । एउटा अराजक समूहले गुण्डागर्दी शैलीमा बिर्तामोड नगरपालिका–३ स्थित सामुदायिक नगर अस्पताल कब्जामा लिएर तालाबन्दी गरेको छ। सयभन्दा बढी सङ्ख्यामा हातमा ब्यानर र प्लेकार्डसहित नाराबाजी गर्दै बिर्तामोडको नगर अस्पतालमा प्रवेशमा गरेको सो समूहले मंगलबार दिउँसो अस्पतालमा तालाबन्दी गरेको हो।

उक्त समूहले अस्पतालमा उपचाररत बिरामीहरूलाई बाहिर निकालेर कार्यरत स्वास्थ्यकर्मीहरूलाई हप्काइदप्काइ गरी तालाबन्दी गरेको अस्पताल प्रशासनले जनाएको छ। नगर अस्पतालमा १० जना बिरामीहरू थिए। ‘६ जना बिरामीलाई हेरिसकेका थियौँ, चार जनालाई हेर्न बाँकी थियो,’ अस्पतालका चिकित्सक डा। फरहान सिद्धिकीले भने, ‘बिरामीहरूलाई बाहिर निकालेर सो समूहले अस्पतालमा ताला लगाउनुका साथै स्वास्थ्कर्मीहरुलाई समेत उपचार किन गराएको भनी हप्कायो।’ कुनै ठोस माग बिना एकाएक आन्दोलनमा उत्रिएका सो समूहमा अधिकांश बिएण्डसी हस्पिटलका कर्मचारीहरू रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। सो समूहमा आधाभन्दा बढी बिएण्डसी हस्पिटलका कर्मचारी रहेको डा। सिद्धिकीले बताए। ‘मादक पदार्थ सेवन गरेर आएका केही व्यक्तिले अस्पतालमा उत्पात नै मच्चायो’, एक स्वास्थ्यकर्मीले भने।

सो समूहले तैनाथ इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी र नगर प्रहरीलाई समेत अटेर गरी अस्पतालमा दुई वटा ताला लगाएका थिए।बिएण्डसी हस्पिटलले साउन १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको छ। तर, नगर अस्पतालमा बिमा कार्यक्रम निरन्तर चलिरहेको छ।

निजी अस्पतालहरूले बिमा कार्यक्रम बन्द गरिसकेको अवस्थामा सामुदायिक नगर अस्पतालमा सञ्चालनमा रहेको बिमा कार्यक्रमलाई चल्न नदिने उद्देश्यले निजी अस्पताल सञ्चालकले तालाबन्दी गर्न लगाएको डा। सिद्धिकीले आरोप लगाएका छन्। नारा जुलुस गर्दै प्रदर्शनकारीहरू नगर अस्पतालतर्फ अगाडि बढिरहेको जानकारी पाएपछि स्थानीय प्रहरीसँग सहयोग मागिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राजीव विष्टले बताए। यता प्रदर्शनकारीले अस्पतालमा लगाएको ताला तैनाथ प्रहरीले फुटाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group